साँझ परेपछि पानीको बहाव सुरु भयो कालीगण्डकीमा

कालीगण्डकीमा पहिरो खरेपछि बनेको तालमा पानी भरिएर बाहिर जाने थालेपछि यतिबेला कालीगण्डकी पुरानै बहावमा फर्किएको छ । तर, ताला रहेको करिब सय मिटर गहिराई र १ सय मिटर लम्बाईको घनत्वको पानीका कारण भने अहिले पनि तटीय क्षेत्रमा सतर्कताको स्थिति छ । खतरा पूरै कटिसकेको छैन तर अहिले आत्तिनुपर्ने अवस्था पनि छैन । पानी विस्तारै बाहिर गइरहेको छ । यो पानीको बहावलाई विस्तारै बढाउनका निम्ति प्रयत्नशील रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार जम्मा भएको धेरै पानी बगिसकेको छ । यसको छाल बेनी बजारसमम आइपुगेको थियो । बेनी बजार र कालीगण्डकी आसपासका पूरै क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सारिसकिएको छ । यसरी पानी जमेर खतरा बढेपछि तटीय क्षेत्रमा सतर्कता अपनाउँदै ८ जिल्लामा एलर्ड अवस्थामा रहन भनिएको थियो । सशस्त्र र प्रहरीका जवान तयारी हालतमा राखिएका छन् । अर्कोतर्फ कालीगण्डकी ए जलविद्युत आयोजनालाई बन्द गरिएको छ भने त्यहाँ रहेको पानीलाई खोलिएको छ । जसका कारण यदि ठूलै मात्रामा पानी आएपनि कालीगण्डकी ए को जलाशयमा रोक्न सकियोस् ।