साताभरिमै शुक्रबार चार रेक्टर स्केलमाथिका ४ भूकम्पको रेकर्ड


bhukampa fridayशुक्रबार मात्रै नेपालमा चारपटक भूकम्प गएको छ। शुक्रबारको चौथो भूकम्प बेलुका ६.४९ बजे सिन्धुपाल्चोकलार्इ केन्द्र बनाएर ४.० म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको हो। यो साताकै ठूलो भूकम्पको धक्का शुक्रबार महसुस भएको छ। शुक्रबार अपरान्ह धादिङ र नुवाकोटलार्इ केन्द्र बनाएर ४.४४ बजे ४.८ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ। त्यसपछि बेलुका ५.१७ बजे दोलखालार्इ केन्द्र बनाएर ४.१ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको थियो। यसअघि आजै अपरान्ह २ बजेर ४५ बजे धादिङ र नुवाकोटलाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएका थियो। बिहीबार पनि ४ म्याग्निच्यूटमाथिका तीनवटा भूकम्पको धक्का महसुस भएको थियो। साना परकम्प जाने क्रम जारी रहेका त्यसबाट नआत्तिन भूकम्प मापन केन्द्रले जनाएको छ। वैशाख १२ को ७.६ रेक्टरको विनाशकारी भूकम्पपछि हरेक दिनजसो नेपालमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अहिलेसम्म ४.० म्याग्निच्यूडभन्दा माथिका २५६ परकम्प गएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]