उद्धारका लागि आएका विदेशी सैनिक टोली फर्किने क्रम जारी


us returningभूकम्पका बेला आपत्कालीन सहयोग, खोज एवम् उद्धारमा नेपाली सेनालाई सघाउन विभिन्न राष्ट्रबाट आएका सैनिक टोली फिर्ता हुने क्रम जारी छ । आजसम्ममा पोल्यान्डको ८१, मलेसियाको ४७, सिङ्गापुरको १८२, बङ्गलादेशको १९, अल्जेरियाको ७३, स्पेनको ६०, इजरायलको २८६, श्रीलङ्काको १४१, थाइल्याण्डको ५४, इन्डोनेसियाको १०५, पाकिस्तानको ८४, भुटानको ७७, जापानको ११४, चीनको २४८, बेलायतको छ, क्यानडाको एक, अमेरिकाको ८० तथा भारतको ८५१ गरी जम्मा दुई हजार ५०९ खोज तथा उद्धार टोली स्वदेश फिर्ता भइसकेका नेपाली सेनाले जनाएको छ । त्यसैगरी संयुक्तराज्य अमेरिकाका २२०, चीनका ६९४, बेलायतका १२८, क्यानडा २०१ र भारतका ५६४ गरी जम्मा एक हजार ८०७ जना स्वदेश फिर्ता हुने क्रममा रहेको सैनिक जनसम्पर्क निर्देशनालयद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाल र नेपालीलाई परेको यस कठिन घडीमा मित्रराष्ट्रबाट प्राप्त भएको अतुलनीय सहयोग एवम् सदैव सहयोगका लागि नेपालको पक्षमा रहने प्रतिबद्धता जनाउनुले मित्रराष्ट्रसँग लामो समयदेखि रहिआएको आपसी हित तथा पारस्परिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ । नेपाली सेनाले भूकम्पबाट प्रभावित जिल्लाको विभिन्न गाविसमा अधिकतम फौज परिचालन गरी प्रभावकारी ढङ्गले आफूसँग उपलब्ध स्रोत, साधनको प्रचुर मात्रामा सदुपयोग गर्दै आज पनि प्राथमिकताका साथ उद्धार, राहत पु¥याउने, भग्नावशेष हटाउने, अस्थायी टहरा निर्माण गर्ने एवम् भूकम्पबाट अवरुद्ध सडक खुलाई सर्वसाधारण जनताको दैनिकी सामान्यीकरण गर्न महत्वपूर्ण योगदान दिँदै आइरहेको बताएको छ ।मित्रराष्ट्र चीनबाट आएको मेडिकल टोलीले मुख्यतयाः काभ्रेपलाञ्चोक, सिन्धुली र दोलखा जिल्लाका भूकम्पपीडित तथा घाइते बिरामीलाई लक्ष्यित गरी सहज ढङ्गबाट उपचार सेवा प्रदान गर्न धुलिखेल इलाकामा सञ्चालनमा ल्याएको घुम्ती अस्पतालसँगै शल्यक्रिया उपकरण, अल्ट्रासाउड, एक्स–रे, प्रयोगशाला तथा इसिजीजस्ता उपकरण र औजार आज चिनियाँ विदेशमन्त्री लियु, चिनियाँ राजदूत वु चुन्ताई र नेपाली सेनाका बलाधिकृत रथी प्रदीपविक्रम राणाको उपस्थितिमा एक समारोहका बीच नेपाली सेनालाई हस्तान्तरण गरेको छ । नेपाली सेनाले हालसम्म बढी भूकम्प प्रभावित १४ वटा जिल्ला क्रमशः सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, काठमाडौँ, रामेछाप, धादिङ, ललितपुर, भक्तपुर, काभ्रे, रसुवा, ओखलढुङ्गा, दोलखा, मकवानपुर र सिन्धुलीमा स्थलमार्गद्वारा आवश्यक सामग्री पु¥याइसकेको उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]