बेलायतले थप एक करोड पाउण्ड सहयोग गर्ने मन्त्री ग्रिनिङको प्रतिबद्धता


???????????????????प्रधानमन्त्री सुशील कोइरालासँग नेपाल भ्रमणमा रहनुभएकी संयुक्त अधिराज्यका अन्तर्राष्ट्रिय विकास विभाग मन्त्री जस्टिन ग्रिनिङले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नुभयो । भेटका अवसरमा भूकम्पले पु¥याएको क्षति, उद्धार, राहत,  पुनःस्थापना, पुनःनिर्माण, नेपाल–बेलायत सम्बन्धका विविध पक्षबारे छलफल भएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । मन्त्री ग्रिनिङले संयुक्त अधिराज्यले भूकम्पपीडितलाई झन्डै रु एक अर्ब ५८ करोड सहयोग गर्ने घोषणा गर्नुभयो । सो सहयोग स्वास्थ्य क्षेत्रमा खर्च गरिने जानकारी पनि उहाँले दिनुभयो । सहायता रकम भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य संस्थाको स्थापना, पुनःस्थापना, औषधि र उपकरण खरिदसहितका सेवा समावेश गरिनेछ । प्रधानमन्त्री कोइरालाले ८२ वर्षपछि नेपालले ठूलो विपत्तिको सामना गर्नुपरेको बताउँदै निकटका छिमेकी भारत र चीनसहित नेपालको विकासका साझेदार बेलायत, अमेरिका जापान, यूरोपेली मुलुक, दक्षिण एसिया, पूर्वी एसिया, एसिया प्रशान्त, मध्यपूर्वका मुलुकले खोजी, उद्धार, उपचार र राहतमा खुला हृदयले सहयोग गरेका जानकारी दिनुभयो । उहाँले नेपालसँंग ठूलो विपत्को व्यवस्थापन गर्ने आवश्यक दक्ष जनशक्ति, बन्दोबस्तीका सामान नभए पनि विदेशी मित्रराष्ट्रहरूको सहयोगमा तदारुकताका साथ काम भइरहेको बताउनुभयो । प्रधानमन्त्री कोइरालाले खोजी र उद्धारको चरण पूरा हुन लागेको जानकारी दिँदै अब राहत र अस्थायी पुनःस्थापनाको काम आरम्भ भएको बताउनुभयो । उहाँले पुनःस्थापना र पुनःनिर्माणको काममा नेपाललाई ठूलो स्रोत साधनको आवश्यकता भएको पनि स्मरण गराउनुभयो । प्रधानमन्त्रीले नेपाल–बेलायत बीचको झन्डै दुई सय वर्ष पूरानो कुटनीतिक सम्बन्धको चर्चा गर्दै आगामी वर्ष हुने नेपाल–बेलायत कुटनीतिक सम्बन्धको द्विशताब्दीका अवसरमा बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिनुभयो । उहाँले लोकतन्त्रको जननी बेलायतबाट नेपालले ठूलो अपेक्षा गरेको बताउँदै भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणसँगै मुुलुकमा शान्ति, स्थायित्व र विकास कायम गरेर लोकतान्त्रिक संविधान बनाउन देशलाई सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]