धादिङका बाह्र गाविसलाई स्थानान्तर गर्नुपर्ने


dhading1जिल्ला दैवीप्रकोप उद्धार समिति धादिङले जिल्लाका १२ गाविसलाई स्थानान्तरण गर्नुपर्ने जनाएको छ । प्रारम्भिक अध्ययनबाट लापा गाविसका खादिङ, कपुरगाउँ, तिर, नेवेर, तेनचेतर लाचेत, तिप्लिङ गाविसको लिङ्जो, सेर्तुङ गाविसको बोराङ, री गाविसका किचेत तथा झार्लाङ गाविसका क्यु, कान्द्राङ र अकथलीलाई स्थानाान्तरण गर्नुपर्ने देखिएको प्रतिवेदन समितिमा पेस भएको जनाइएको छ । यहाँ भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या सात सय २८ तथा सात सय ३८ जना गम्भीर घाइते भएको तथ्याङ्क सार्वजनिक भएको छ । त्यस्तै सरकारी ५२ भवन पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने ८७ भवन मर्मतसम्भार गर्नुपर्ने गरी क्षतिग्रस्त भएका छन् । ग्रामीण तहमा रहेका कतिपय कार्यालयको विवरण अझै आउन बाँकी रहेको समितिले जनाएको छ । प्रमुख जिल्ला अधिकारी एवं समितिका अध्यक्ष वासुदेव घिमिरेले जनगणना २०६८ अनुसार जिल्लामा भएका ७३ हजार आठ सय ४२ घरधुरी मध्ये ४३ हजार सात सय ४१ धरधुरीमा पूर्ण क्षति भएको र १८ हजार सात सय २० घरधुरीमा आंशिक क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको जानकारी दिनुभयो । यस्तै दुई हजार आठ सय विद्यालयका कक्षाकोठा र ४९स्वास्थ्य संस्था तत्काल पुनःनिर्माण गर्नुपर्ने देखिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]