एमाले नेता माधव नेपाललाई पितृ शोक


madhavपूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई पितृ शोक परेको छ । नेता नेपालका पिता मंगलकुमार उपाध्यायको विहान निधन भएको हो । नेपालको निवास कोटेश्वरमा विहान ७ बजे निधन भएको बताइएको छ । निमोनियाका कारण अस्वस्थ्य देखिएका उपाध्याय पाटन अस्पतालको उपचारपछि दुई सातादेखि घरमै आराम गरिरहेका थिए । उपाध्यायको अन्त्येष्टी आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा गर्ने तयारी भइरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]