नेपालको बस्ती विकासमा क्यानडाले सहयोग गर्ने ईच्छा देखायो


canadaनेपालको एकीकृत बस्ती विकासका लागि क्यानडाले रुचि देखाएको छ । नेपाली काँग्रेसका उपसभापति राचन्द्र पौडेललाई आज उहाँकै निवासमा भेटेर क्यानडाका अधिकारीले नेपालको योजनाअनुसार बस्ती विकासका लागि सहयोग गर्न आफूहरु इच्छुक रहेको बताएका हुन् । दक्षिण एसियासम्बन्धी क्यानडाका उपनिर्देशक रोवर्ट सिडक्ेयरसहितको टोलीले नेपाललाई तीन चरणमा सहयोग गर्न योजना बनाइरहेको जानकारी दिएका छन् । उनीहरुले उद्धार, राहत र पुनःनिर्माण गरी तीन चरणमा के के गर्न सकिन्छ भन्नेबारेमा तयारी गरिरहेको जानकारी दिएको हो । उनीहरुले नेपाललाई दुःखका बेलामा सहयोग गर्न कुनै कन्जुस्याइँ नगर्ने बताएको र उनीहरुसँगको भेट निकै उपलब्धिमूलक भएको भेटपछि उपसभापति पौडेलले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]