पूर्वप्रधानमन्त्री देउवाद्वारा भक्तपुरका क्षतिग्रस्त सम्पदाको अवलोकन


????????????????????????????????????????पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भूकम्पबाट क्षतिग्रस्त भक्तपुरका विभिन्न सम्पदाको अवलोकन गर्नुभएको छ । उहाँले भक्तपुरको विश्वसम्पदा सूचीमा सूचीकृत दरबारस्क्वायर, राष्ट्रिय कला सङ्ग्रहालय, पचपन्न झ्याले दरबार, यहाँका क्षतिग्रस्त अन्य सम्पदा तथा पाँचतले मन्दिरको अवलोकन गर्नुभयो । देउवालाई नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति गणेशमान चक्रधरले यहाँका सम्पदा र भूकम्पले पु¥याएको क्षतिका बारेमा जानकारी गराउनुभएको थियो । भक्तपुरको सम्पदा अवलोकन गरेपछि उहाँले अर्को विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरको समेत अवलोकन गर्नुभएको छ । चाँगुनारायण मन्दिरमा पुगेर यहाँको क्षतिका बारेमा जानकारी लिनुका साथै सम्पदाबारे चासो दिनुभएको थियो । अवलोकनपछि देउवाले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको तत्कालै पुनःनिर्माणको कार्यलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । नेपालको पहिचान सम्पदा नै भएकाले यसलाई दुरुस्तै बनाउन र मर्मत गर्नुपर्ने सम्पदाको तत्काल मर्मत गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । भूकम्पबाट घरबास गुमाएका पीडितलाई सरकारले तत्काल दुई बन्डल जस्ता र रु २५ हजार उपलब्ध गराउनु पर्ने बताउँदै उहाँले भन्नुभयो– “वर्षा सुरु हुन लाग्यो, वर्षा सुरु हुनुअघि नै सरकारले घरबार गुमाएका पीडितलाई तत्काल अस्थायी पुनर्वासका लागि दुई बन्डल जस्ता र रु २५ हजार उपलब्ध गराउनु पर्छ, यसमा म पहल गर्छु ।” देउवाले सरकारले राहत वितरणलाई प्रभावकारी बनाउनुपर्ने पनि बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]