डा. बाबुराम भट्टराईले बनाए गोरखामा नमूना अस्थायी टहरा


??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????पूर्वप्रधानमन्त्री एवं एमाओवादीका नेता डा बाबुराम भट्टराईले विदेशीले टहरा निर्माण गरिदिन्छन् भन्ने भरमा परेर बस्न नहुने बताउनुभएको छ । राज्यले बलियो नीति बनाएर राहत वितरण, घरहरुको पुनःनिर्माण र नयाँ घरहरु निर्माण गर्नुपर्ने भन्दै उहाँले भूकम्पपीडित आफैँ जागरुक भएर टहरा निर्माणमा जुट्नुपर्ने बताउनुभयो । ‘विदेशीको मुख नताकौँ’ भूकम्प प्रतिरोधात्मक अस्थायी नमूना घर निर्माण गर्न आज गोरखा सदरमुकाम आउनुभएका नेता भट्टराईले भन्नुभयो, ‘अब बर्खा लाग्यो । त्रिपाल होइन टहरा निर्माण गर्ने अभियान गाउँ–गाउँमा पु¥याउनुपर्छ ।’ अबको दुई हप्ताभित्र गोरखाको ५८ हजार घरधुरीमा अस्थायी टहरा निर्माण गर्नेतर्फ सबै लाग्नुपर्ने भट्टराईको भनाइ छ । लाप्राक, गुम्दालगायतका गाउँहरुको भूगोल चिराचिरा परेको भन्दै उहाँले ती गाउँहरु स्थानान्तरण गर्नुपर्ने बताउनुभयो । ‘भू–उपयोग नीति बनाउनुपर्छ’ भट्टराईले भन्नुभयो, ‘भौगोलिक सर्वेक्षण गरेपछि मात्रै स्थायी संरचनाहरु निर्माण गर्नुपर्छ ।’ सदरमुकामको सरस्वती उमावि प्राङ्गणमा उहाँले अस्थायी टहरा निर्माण गर्न सहयोग गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]