तीन हजार जस्तापाता लिएर हिमानी शाह धादिङमा


????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????हिमानी कोषले धादिङस्थित तसर्पू गाविसका ५०० भूकम्पपीडित परिवारलाई तीन हजार थान जस्तापाता उपलब्ध गराएको छ । गएको वैशाख १२ गतेदेखि आएको भूकम्पका कारण त्यस आसपास क्षेत्रका घर भत्किएर स्थानीय बस्न नपाएपछि उनीहरुलाई पुनःनिर्माणमा सहयोग गरिएको हो । उक्त गाविसमा करिब एक हजार २०० घरधुरी रहेका तथा ९ वडामध्ये ३, ४, ५ र ६ का स्थानीयलाई टहरा बनाई पुनर्वास गराउने उद्देश्यले कोषले ती सामग्री सहयोगस्वरुप प्रदान गरेको हो । कोषका अध्यक्ष हिमानी शाहले स्थानीयलाई सहयोग प्रदान गर्दै विनाशकारी भूकम्पका कारण राष्ट्रमा ठूलो धनजनको क्षति भएको र यस्तो अवस्थामा दुःखमा परेका नागरिकलाई कोषमार्फत मानवीय सहयोग गरिएको बताउनु भयो । उहाँले अहिले सङ्कटको समयमा सम्पूर्ण नेपाली एकजुट भई एक अर्कालाई सहयोग र सद्भाव कायम गरी पुनःनिर्माणमा जुट्नपर्ने धारणा राख्नु भयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?