साझा संकल्पसहित राष्ट्रिय सरकार बनाउनुपर्ने एमाओवादीको धारणा


dinanathएकीकृत नेकपा(माओवादी)ले राष्ट्रिय विपद्को समयमा सबै राजनीतिक दलको साझा सङ्कल्प जरुरी हुनेमा जोड दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका प्रवक्ता दीनानाथ शर्माले विपद्लाई सामना गर्न र त्यसले पारेको क्षतिलाई न्यूनीकरण गर्दै पुनःनिर्माणमा जुट्नका लागि राष्ट्रिय सहमतिको सरकार नै उत्तम विकल्प भएको बताउनुभयो । नवनिर्माणको लागि बलियो र कामकाजी सरकारको जरुरत रहेकोमा जोड दिँदै उहाँले परम्परागत तवरले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माण हुन नसक्ने र जनताले वस्तुनिष्ट राहतसमेत नपाउने धारणा राख्नुभयो । भूकम्प प्रभावित क्षेत्रका जनताले प्रभावकारी रुपमा राहत पाउन नसकेको र विभिन्न जिल्लामा चरम राजनीतिकरण गरिएको भन्दै उहाँले आफ्नो पार्टीले गैरकानुनी काम नगर्न र सबै पीडितलाई समान ढङ्गले राहत वितरण गर्न सरकारसँग आग्रह गरेको बताउनुभयो । उहाँले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आफ्नो पार्टीको एक लाखभन्दा बढी नेता तथा कार्यकर्ता भूकम्पपीडितको राहत, पुनःनिर्माणमा खटेको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]