चर्किएका घरमा शक्तिशाली पराकम्पले थप क्षति


Hospital 2दुई साताअघि गएको विनाशकारी भूकम्पबाट चर्किएका राजधानीका घरहरूमा मङ्गलबार गएको शक्तिशाली पराकम्पनले थप क्षति पु¥याएको छ । उपत्यकामा भूकम्पले चर्किएका गोङ्गबु, सामाखुसी, भक्तपुर र ललितपुर कतिपय क्षेत्रका पुराना घरमात्र होइन नयाँ घरसमेत भत्किएका छन् भने कतिपय सामान्य मर्मत गरी बस्न मिल्ने अवस्थाका घर क्षतिग्रस्त भएका छन् । पराकम्पनले गोङ्गबु सामाखुसी क्षेत्रमा आधा दर्जन बढी ठूला भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने अन्य कैयौँ घर जमिनमा धस्सिएका छन् । त्यस्तै भक्तपुर र ललितपुरका कतिपय क्षेत्रमा यसअघि आधा भत्केका घर पूर्ण रूपमा भत्केका छन् । नेपाल इन्जिनियर्स एसोसिएसनले यही वैशाख १२ गते गएको भूकम्पले क्षति पु¥याएका घर बस्न योग्य रहे÷नरहेको बारेमा गरिएको जाँचका क्रममा सामान्य मर्मत गरी बस्न मिल्ने सुझाव दिएका कतिपय घरमा समेत पराकम्पनले थप क्षति पुगेको बताएको छ । एसोसिएसनले वैशाख १८ गतेदेखि करिब तीन हजार स्वयम्सेवी इन्जिनियरबाट मङ्गलबारसम्म ३० हजारभन्दा बढी भूकम्पबाट चर्केका घरमा पुगेर द्रुत लेखाजोखा मूल्याङ्कन (¥यापिड भिजुअल एससमेन्ट) गरी बस्न मिल्ने नमिल्ने जाँच गरेको थियो । त्यसरी जाँचिएका घरमध्ये ५० प्रतिशत बस्न मिल्ने सामान्य अवस्थाका, ३० प्रतिशत सामान्य मर्मत गरी बस्न मिल्ने र २० प्रतिशत बस्न नमिल्ने गरी क्षतिग्रस्त अवस्थामा रहेका भए पनि मङ्गलबार गएको शक्तिशाली पराकम्पनले थप क्षति पु¥याएको हुन सक्ने एसोसिएसनका अध्यक्ष ध्रुवराज थापाले जानकारी दिनुभयो । एसोसिएसनले सहरी विकास तथा भवन निर्माण विभागसँगको सामन्वयमा आगामी शनिबारदेखि उक्त इन्जिनियरहरूमध्येबाट पाँच सयभन्दा बढीलाई विस्तृत अध्ययन र निरीक्षणका साथै कसरी मर्मत गर्ने भन्ने सम्बन्धमा विषयगत तालिम दिएर खटाउने अध्यक्ष ध्रुवराज थापाले राससलाई जानकारी दिनुभयो । भूकम्पबाट क्षति भएका घरमा घरधनीले सामान्य मर्मतका साथ टालटुल गरेर पुनः भाडामा दिनसक्छन् र त्यसले अर्काे खतरा ननिम्त्याओस् भनेर एसोसिएसनले सो तयारी गर्न लागेको बताएको छ । इन्जिनियरको टोलीले भूकम्पबाट क्षति भएका घरको रातो (बस्न नमिल्ने), पहेँलो (सामान्य मर्मत गरी बस्न मिल्ने) र हरियो (बस्न मिल्ने) गरी तीन भागमा वर्गीकरण गरी अभिलेख राखे पनि घरधनीलाई भने बस्न मिल्ने र नमिल्ने बारेमा मात्र जानकारी दिएको थियो । वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट मुलुकभर सर्वसाधारणका हालसम्म एक लाख ९१ हजार ५८ घर पूर्ण रूपमा क्षति भएको र एक लाख ७५ हजार १६२ घरमा आंशिक क्षति भएको छ । त्यस्तै १० हजार ७१८ सरकारी भवन पूर्ण रूपमा क्षति भएका र १४ हजार ७४१ सरकारी कार्यालयमा आंशिक क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]