गएराति राति र विहान पनि आयो भूकम्प


earty11भूकम्पले घर बाहिर रहेका सर्वसाधारणलाई गएराति र विहान सबेरै आएका भूकम्पले अझ बढी त्रसित बनाइदिएको छ । बुधबार विहान २ बजेर ७ मिनेटमा काठमाडौंलाई नै केन्द्रविन्दू बनाएर ४ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको छ । त्यस्तै विहान ३ बजेर १० मिनेटमा धादिंग केन्द्र भएर ५ दशमलब ९ रेक्टर स्केलको भूकम्पले फेरि सबैलाई झस्काईदियो । यसैगरी विहान ४ बजेर ३८ मिनेट जाँदा पुनः दोलखा केन्द्रविन्दू भएर ४ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको छ । मंगलबार ७ दशमलब ३ रेक्टरस्केलको भूकम्पले मानवीय क्षति गर्नुका साथै केही ंरचनाहरु र भवनहरुमा पनि क्षति पुर्याएको छ । यतिबेला यो प्राकृतिक विपत्तिका क्रममा परेकाहरुको उद्धार, राहतको कामलाई अझ बढी तिव्र बनाइएको छ । भारतबाट थप त्रिपालको व्यवस्था गरिँदैछ भने नेपाल प्रहरी, सशस्त्र र सेनाका जवानहरु विभिन्न प्रभावित क्षेत्रमा पीडितको उद्धार, उपचारमा खटिएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?