मोनिका लेवेन्स्कीको नीलो ड्रेसलाई एक मिलियन डलर दिने प्रस्ताव


monicaअमेरिकी राष्ट्रपति बिल क्लिन्टनसँग अवैध सम्बन्धका कारण चर्चामा रहेकी अमेरिकी युवती मोनिका लेवेन्स्कीले बिल क्लिन्टनसँग शारीरिक सम्बन्ध स्थापित गरेको बेला लगाएको नीलो रंगको पोशाकलाई लस भेगासस्थित इरोटिक हेरिटेज म्युजिमले १० लाख डलर दिने प्रस्ताव गरेको छ । उक्त म्युजियममा चर्चित मानिसहरुका यस्तै अन्तरंग सम्बन्धका सामग्रीहरु सुरक्षित राखिएको छ । मोनिकाले लगाएको नीलो ड्रेस त्यही ड्रेस हो जसमा रहेको बिल क्लिन्टनको विर्य परीक्षणपछि डीएनए मिलेको भन्दै रिपोर्ट आएको थियो । यस्तो प्रस्ताव मोनिका समक्ष गरेपनि यसको उत्तर भने उनले दिएकी छैनन् । केही समय अघि मोनिकाले अब नीलो ड्रेस र टोपीलाई अन्त्य गर्ने बेला आइसकेको प्रतिक्रिया दिएकी थिइन् । उनले बिल क्लिन्टनसँगको आफ्नो सम्बन्ध जीवनकै सबैभन्दा ठूलो भूल भएको पनि बताएकी छिन् । उनी २२ वर्षको उमेरमा राष्ट्रपति भवनमा ईन्टर्नको रुपमा गएकी थिइन् जहाँ ९ पटक सम्म बिल क्लिन्टनसँग उनको शारीरिक सम्पर्क भएको बताइएको छ । यस काण्डले गर्दा अमेरिकी राष्ट्रपतिको ठूलै चर्चा विश्वभरि नै भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]