जेठ १ गतेबाट विद्यालय सञ्चालन हुने, पूर्वसतर्कताको निम्ति निर्देशन


Rss_Images_1430654386401_KS-KTM-Children Learningशिक्षा मन्त्रालयले विनाशकारी भूकम्पबाट क्षति भएका विद्यालयमा जेठ १ गतेदेखि कक्षा सञ्चालन गर्नका लागि कक्षा कोठा व्यवस्था गर्ने सन्दर्भमा, पूर्णरुपमा, आंशिकरुपमा क्षति भएका कक्षाकोठाका सामग्रीको पुनः प्रयोग गरी वा स्थानीयरुपमा उपलब्ध हुने सामग्री जनशक्तिको परिचालन गरी विद्यालयमा अध्ययन अध्यापनको सुरुवात गर्ने वातावरण बनाउन सम्पूर्ण विद्यालयलाई आग्रह गरेको छ । अस्थायीरुपमा पठनपाठनको प्रक्रिया प्रारम्भ गर्न वा सिकाई केन्द्रको स्थापना गर्न आवश्यक पर्ने न्यूनतम स्रोतको व्यवस्था जिल्ला शिक्षा कार्यालयमार्फत क्षतिग्रस्त विद्यालयलाई तत्काल उपलब्ध गराइने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस कार्यमा विशेष भूमिका निर्वाह गर्न विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, शिक्षकका पेसागत सङ्घ÷संस्थाका पदाधिकारी, संस्थागत विद्यालयका संस्थापक सञ्चालकहरु, अभिभावक, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका सदस्य, समाजसेवी, सञ्चारकर्मी, उद्योगी, व्यापारी, सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग आबद्ध सम्पूर्ण शिक्षाप्रेमीमा थप सहयोग, समन्वय र सहकार्यका लागि मन्त्रालयले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]