भूकम्प पीडितलाई प्रयोग भइसकेको कपडा दिन पाइँदैन


puranaभूकम्प पीडितलाई राहत जम्मा पार्ने भन्दै प्रयोग भइसकेका कपडा जम्मापार्नेहरुलाई नेपाल सरकारले सचेत गराएको छ । उसले दुई वर्ष अघि नै यस किसिमको राहत भन्दै पुराना कपडा दिन नपाइने नियमलाई पनि सम्झाएको छ । केही समय अघि अष्ट्रेलियामा पनि पुराना कपडा जम्मा गरेर तिनलाई नेपाल पठाउने तयारी भएको थियो । यसरी मागिएका कपडामा भित्री लुगा र च्यातिएका, पुराना लाउनै नमिल्ने सामग्री समेत भेटिएपछि त झन् यसको ठूलो आलोचना समेत भयो, त्यस्ता दाताहरुलाई धेरैले गाली गरे । तर, यतिबेला नेपालमा देखिएको यो प्रसंग भने भारतबाट आएका २२ पोका यस्तै पुराना लुगाका कारण देखिएको हो । भूकम्पपीडितको सहायतार्थ भारतबाट प्राप्त २२ पोका थोत्रा लुगा वितरण नगर्न गृह मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । गृह मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भारतबाट प्राप्त २२ पोकाका लुगा प्रयोग भैसकेको पाइएकोले ती वितरण नगर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको जानकारी दिनुभयो । दैवीप्रकोपमा परेका पीडितलाई पुराना लुगा दिँदा राम्रो सन्देश नगएकाले त्यस्ता थोत्रा कपडा सहायताका नाममा उठाउन र वितरण गर्न विगत दुई वर्षदेखि बन्द गरिएको बताउनुभयो । “बाढी पीडित, भूकम्पपीडितलाई थोत्रा कपडा सहयोग गर्न पार्इँदैन, यो काम दुई वर्षदेखिनै बन्द भएको छ, त्यसैले भारतबाट प्राप्त त्यस्ता कपडा फिर्ता पठाइदिन भनेको छौँ,” प्रवक्ता ढकालले भन्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]