पेम्बा लामालाई १ सय २० घण्टापछि उद्धार गर्ने यिनै हुन् सपुतहरु


Pemba १ सय २० घण्टा अर्थात् ५ दिनसम्म पनि जीवनको निम्ति तड्पिरहेको व्यक्तिलाई कोही बचाउन आउँछ भने उसको अवस्था के होला ? हो यस्तै चमत्कार भएको छ काठमाडौंमा । नुवाकोटका १५ वर्षीय पेम्बा लामा १ सय २० घण्टासम्म भूकम्पले पुरेको भग्नावशेषमा रहे । उनी जीवितमात्र होइन बोल्न सक्ने अवस्थामै थिए । उनले १ सय २० घण्टासम्म के के सोचे होलान् ? न त पानी पिउन पाए न त उज्यालो नै देख्न पाए तर पनि जीवतको आस उनले जीवितै राखे र सफलता पनि मिल्यो । सशस्त्र प्रहरी बलको उद्धार टोलीले उनलाई निकालेको हो । उद्धार गर्ने यस टोलीको नेतृत्व सशस्त्रका प्रहरी निरीक्षक लक्ष्मण बस्नेत हुन् । त्यस्तै टोलीमा निरीक्षकहरु ध्वजविक्रम शाही र सुवास पुलामी, सई शशी थापा, प्रहरी जवान प्रेम शाही थिए । गोंगबुमा बसपार्क वरिपरि धेरै लज र रेष्टुरैन्ट बनाइए । तर, यिनले भूकम्प थाम्न सकेनन् । यिनै भग्नावशेषमा धेरै मानिसहरुको ज्यान गयो । हिजै मात्र एक युवाको ८४ घण्टापछि उद्धार गरिएको थियो । यहीँबाट । pemba1आज पनि जब सशस्त्रको टोली पुग्दा पेम्बा त्यहाँ चिच्याए । उनले भने मलाई केही भएको छैन । मेरो अगाडि मोटरसईकल र पछाडि फलामबको बार भएकोले मलाई थिच्न पाएको छैन । यसरी भेटेको ६ घण्टापछि उनलाई जीवितै उद्धार गर्ने सफलता मिल्यो । यसका निम्ति तीनवटा ढलान काट्नु परेको थियो टोलीलाई । उद्धार गरेपछि स्थानीयले जीवनदाता बनेर पुगेको सशस्त्रका उद्धारकर्ताको जय गाएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]