सेनाले गरेको राहत, खोजी तथा उद्धारमा कहाँ के के भयो ?

नेपाली सेनाले उद्धार र खोजको समन्वय गरिरहेको छ । आज दिनभरिमा सेनाका हेलिकोप्टरहरु कहाँ कहाँ गए ? सेनाले दिएको विवरण यस्तो छ
“आज दिनभरीमा नेपाली सेना तथा भारतीय सेनाको हेलिकप्टरहरुबाट क्रमशः १९ र ८ मिशन सम्पन्न गरेको छ जसबाट नेपाली सेनाको हेलिकप्टरबाट मनाङ्ग, नुवाकोट, चन्दनपुर तथा ललितपुरबाट २१ जनाको उद्धार एवम् ५४०० के।जि। राहत सामाग्रीहरु प्रभावित क्षेत्रहरुमा पठाएको छ। त्यस्तै भारतीय सेनाको हेलिकप्टरबाट चौतारा, गोरखा तथा त्रिशुलीबाट ५५ जनाको उद्धार एवम् २७५० के।जि। राहत सामाग्रीहरु प्रभावित क्षेत्रहरुमा पठाएको छ । भग्नाबशेषहरुमा पुरिएका ब्यक्तिहरुको प्राथमिकताका साथ उद्धार एवम् घाईते तथा विरामीहरुलाई शीघ्र उपचारको कार्य जारीरहेको छ । त्यस्तै भुकम्पबाट पिडीत ब्यक्तिहरुलाई तत्काल आवश्यक पर्ने अति आवश्यकिय आधारभुत बस्तुहरु राहत स्वरुप राशन,पानी तथा पालहरुको वितरण कार्यलाई पनि जोड दिंदै आईरहेको छ । भुकम्प पिडीतहरुको लागि आवश्यक पर्ने खानेपानी वितरणको निमित्त काठमांडौको १४ स्थानमा पानी वितरण केन्द्र स्थापना गरि वितरण कार्यको थालनी गरिएको छ । त्यस्तै भुकम्प पिडीतहरुलाई अस्थायी रुपमा राख्ने ब्यबस्थाको निमित्त उपत्यका पृतना हे।क्वा। मा २००० जना, लक्ष्मी निवास महाराजगन्जमा २५०० जना, युद्धकवच गणमा १७०० जना, महावीर गण ९रेन्जर०, छाउनीमा ५००० जना, आर्टिलरी निर्देशनालय, लगनखेलमा ४००० जना, हवाई सुरक्षा निर्देशनालय, छाउनीमा ३००० जना र अ¥िहदमन गण, सिंहदरवारमा ४००० जनालाई राखिएको छ । यस खोज, उद्धार तथा राहत वितरण कार्यलाई प्रभावकारिरुपमा सम्पादन गर्न नेपाली सेनाले नेपाल सरकारका विभिन्न निकायहरु, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरु, अन्य सुरक्षा निकायहरु एवम् स्थानिय स्वयंसेवकहरुसंगको समन्वय तथा सहकार्यमा खोज, उद्धार तथा राहत वितरण कार्यलाई प्राथमिकताकासाथ कार्यान्वयन गरिरहेकोे छ ।
यसैगरी नेपाली सेनालाई नेपाल सरकारको आव्हानमा खोज, उद्धार तथा राहत कार्यमा बिदेशी सेनाबाट प्राप्त भएको सहायताको समन्वय, सन्चालन तथा त्यसलाई नियमन गर्ने कार्र्यको जिम्मेवारी प्राप्त भए अनुरुप विपदको समयमा भत्किएका भौतिक संरचनाबाट खोज तथा उद्धार गर्ने टोली, मेडिकल र अन्य राहतका सामाग्री सहित मित्रराष्ट्रका सेनाको दक्ष टोलीलाई बिभिन्न स्थानहरुमा परिचालन गरिएको छ । हालसम्म मित्रराष्ट्र भारत, चीन, टर्की, पाकिस्तान, ईजरायल, श्रीलंका, बंगलादेश, भुटान, नेदरल्याण्ड र पोल्याण्डबाट सेनाको दक्ष टोलीहरु नेपाल आई खोज तथा उद्धार कार्य शुरुवात गरिसकेका छन् भने अन्य केहि मित्र राष्ट्रहरुबाट दक्ष टोलीहरु आउने क्रममा रहेको छ ।
सैनिक श्रीमति संघले बैशाख १३ गते श्री महाविर गण रेन्जरमा भुकम्प पिडीतहरु १००० जना र ललितपुरस्थित झम्सीखेल शाशी भवनमा २०० जना भुकम्प पिडित गैरसैनिकहरुलाई बिस्कुट, चाउचाउ, फ्रुटी वितरण गरेको छ । यसैगरि सो सघंले उपत्यका पृतना हे।क्वा।मार्फत २०७२ बैशाख १४ गते श्री पुरानो गोरख गणमा १००० जना गैरसैनिक व्यक्तिलाई बिस्कुट, जुुस ठूलो पाकेट, चाउचाउ वितरण गरेको छ । राहत वितरणकै क्रममा श्री पश्चिम पृतना हे।क्वा, पोखरा पठाईएको राहत सामग्री हरीयो मण्डी ४०० गोटा र कपडा ३०० जोर वितरण गरिएको छ ।
नेपाली सेनाले मेडिकल सहायता स्वरुप श्री वीरेन्द्र अस्पताल छाउनीमा ३२६ जना उपचाररत रहेको, गोरखाको बारपाक र लाङ्गटाङ्गमा मेडिकल टिम घाईतेहरुको उपचारमा रहेको र २ वटा मेडिकल टिम टुंडिखेल तथा दशरथ रंगशालामा तयारीहालतमा रहेको छ । त्यस्तै मित्र राष्ट्रहरुबाट आएको भारतीय सेनाको मेडिकल टिम राजदल गण लगनखेल तथा सिनामंगलमा , पाकिस्तानी सेनाको मेडिकल टिम वीरेन्द्र सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा, चीनिया सेनाको मेडिकल टिम उपत्यका पृतना हे।क्वा। नारायणहिटीमा, चीनिया सिभिल मेडिकल टिम धुलिखेल ब्यारेकमा, श्री लंकाली सेनाको मेडिकल टिम दोलालघाट, बंगलादेशको मेडिकल टिम खोकना तथा ईजरायली सेनाको मेडिकल टिम जगदल गण छाउनीमा रहि सेवा प्रदान गरिरहेको छ ।
नेपाली सेनाले भोली पनि खोज एवम् उद्धार कार्यलाई जारी राख्ने, राहत सामाग्री स्वरुप तथा मेडिकल सहायतालाई समेत निरन्तरता दिइराख्नेछ “