नेपालमा चार हजार चिनियाँ पर्यटक अलपत्र


chineseनेपालमा कम्तीमा पनि चार हजार जना चिनियाँ पर्यटक अलपत्र परेको समाचारमा जनाइएको छ । नेपालमा शनिबार र त्यसपछि पनि निरन्तर रुपमा जारी रहेको भूकम्पका कारण ती चिनियाँ पर्यटक अलपत्र परेका समाचारमा जनाइएको छ । ती अलपत्र पर्यटकलाई स्वदेश फर्काउने कामका लागि चिनियाँ अधिकारीहरु खटिएका पनि अर्काे एक समाचारमा जनाइएको छ । सो समाचारका अनुसार आइतबार अपरान्ह ४ बजेसम्ममा चिनियाँ विमानहरुले करिब एक हजारजना चिनियाँको उद्वार गरी स्वदेश फर्काइएको जनाइएको छ । नेपालमा गत शनिबार गएको सो भूकम्पमा परी मृत्यु हुने नेपाली नागरिकको सङ्ख्या तीन हजार नाघेको छ । सो भूकम्पका कारण चारजना चिनियाँको पनि मृत्यु भएको छ । चिनियाँ अधिकारीहरुले दिएको जानकारीअनुसार हरेक दिन चिनियाँ विमानहरुले कम्तीमा पनि एक हजार २०० चिनियाँ ओसारिहेको छ । चनियाँ हवाई उड्डयन प्राधिकरण अधिकारीहरुले नेपालमा अलपत्र परेका चिनियाँ नागरिकलाई चीन फर्काउनका लागि थप विमानहरुको व्यवस्था गर्न तथा उद्वारको कार्य चुस्त रुपमा अघि बढाउन आग्रह गर्नुभएको छ । साथै उनीहरुले अलपत्र परेका नेपाली नागरिकको पनि उद्वार गर्नुका साथै मानवीय सहायता उपलब्ध गराउने काममा तदारुकताका साथ लाग्न पनि अधिकारीहरुले आग्रह छ । सोही भूकम्पको त्रासका कारण चिनियाँ विदेशमन्त्रालयले तत्कालका लागि चीनको भ्रमण नगर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]