मेलम्चीमा भीषण क्षति उद्धारको प्रयास भएन


Melamchiयही वैशाख १२ गते मध्याह्न आएको भूकम्पका कारण मेलम्ची नगरपालिका र आसपासका क्षेत्रमा व्यापक मानवीय र भौतिक सम्पत्तिको क्षति भए पनि अहिलेसम्म उद्धारको कुनै प्रयास भएको छैन । उक्त घटनामा वृद्धवृद्धा र बालबालिकाको मृत्यु भएको छ । उक्त क्षेत्रमा अहिलेसम्म करिब १५० को शव निकालिएको र सयौँ घाइते भएका छन् । उक्त क्षेत्रमा अहिलेसम्म स्थानीय प्रशासनका तर्फबाट कुनै उद्धारको प्रयास नभएको र स्थानीयवासी उद्धारको पर्खाइमा रहेको स्थानीय सरोज चौलागार्इंले जानकारी दिनुभयो । अहिले उक्त क्षेत्रमा खानेपानीको समेत चरम समस्या भएको छ । भूकम्पबाट मेलम्ची नगरपालिकाका ९५ प्रतिशत घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने वडा नं ४ को भदौरेमा करिब एक किलोमिटर सुक्खा पहिरो जाँदा स्थानीयवासी थप त्रसित बनेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]