मृत्यु हुनेको संख्या ३ हजार २ सय १८ पुग्यो, मौसम खुलेपछि उद्धार तिव्रतर बन्दै


openभूकम्पमा परी मृत्यु हुनेको संख्या ३ हजार २ सय १८ पुगेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले काठमाडौंसहित विभिन्न ११ जिल्लामा प्रत्यक्ष प्रभाव परेको र अन्य ठाउँमा पनि भूकम्पका कारण प्रभाव परेको जनाएको छ । यतिबेला विभिन्न देशबाट प्राप्त भएको सहयोग र उद्धारकर्मीको टोलीलाई समन्वयात्मक ढंगले परिचालन गरिएको गृहमन्त्रालयले जनाएको छ । यस्तो विपदको बेला धैर्यधारण गर्न पनि अपिल गरेको छ । काठमाडौंमा राति परेको वर्षा र भूकम्पको भयकाबीच विहान घामको झुल्कोसँगै आम नेपालीमा उत्साह देखिएको छ । भूकम्पका धक्काहरु विस्तारै कम तिव्रतरको हुँदै गएका कारण अब स्थिति सामान्यतर्फ उन्मुख भएको हुनसक्ने बताइँदैछ । यद्यपि सावधानी अपनाउनु आवश्यक रहनेछ । यसअघि नै नेपाल सरकारले आज दिउँसो ३ बजेसम्म पूर्ण सावधानी अपनाउन अपिल गरिसकेको छ । यसैगरी रातिको समयमा केही धिमा बनेको काठमाडौं बाहिरको उद्धार कार्य पनि विहानीबाटै अगाडि बढेको छ । विभिन्न ठाउँमा हेलिकोप्टरमार्फत उद्धारकर्मीलाई लैजाने र विपतमा परेकाहरुलाई ल्याउने क्रम सुरु भएको छ । tudikhel

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?