अहिलेसम्म २३ सय ६ जनाको मृत्यु, आफन्त नभेटाए फोटो खिचेर सरकारले सामूहिक दाहसंस्कार गर्ने

गृहमन्त्रालयअनुसार महाकुम्भपमा २३०६ को मृत्यु भएको छ । मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको छ । जसमध्ये सबैभन्दा बढी मृत्यु काठमाडौंमा ७७६, ललितपुर १२०, भक्तपुरमा २२०, काभ्रेमा ११९, नुवाकोटमा १६०, गोर्खा १६० र सिन्धुपाल्चोक २२८ जनाको मृत्यु भएको छ । साथै सरकारले कुनै हल्लाका पछि नलाग्न र भोलि दिउँसो ३ बजेसम्म सतर्क अवस्थामा रहन पनि सर्वसाधारणमा अपिल गरेको छ । यस विपीत्तको घडीमा विविधखाले हल्लाहरु फैलाउने काम भइरहेको भन्दै त्यस्ता कुनैपनि हल्लाको पछि नलाग्न मन्त्रालयले आग्रह गरेको हो । केही समय अघि मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । मन्त्रिपरिषदले विभिन्न निर्णय गरेको छ । जस अनुसार प्रभावित क्षेत्रमा हेलिकप्टर पठाएर हवाइ निरीक्षण गर्ने, सबैभन्दा बढी प्रभावित भएको गोरखा वारपाकमा अत्यावश्यक सामाग्रीसहित उद्धार टोली पठउने, अस्पतालको छेउछेउमा रहेका औषधि पसल खुला राख्न आग्रह गर्ने, यदि नखोलेको खण्डमा सरकारले कारवाह िगर्ने, ठूला सुपरमार्केट, सपिङ सेन्टरहरू पनि खुला राख्न आग्रह गरेको छ । सरकारी कर्मचारीलाई अनिवार्य कार्यालयमा उपस्थित हुन पनि निर्देशन दिइएको छ । अत्यावस्यक सेवामा काम गर्ने कर्मचारीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । मन्त्रिपरिषदले भारत र अन्य मित्रराष्ट्रबाट आएका टोलीहरुले उद्धारलाई समन्वय गरिने र यस्तै बंगलादेश मलेसिया र न्यूजिल्याण्डले थप सहायता आएको जानकारी दिने निर्णय पनि गरेको छ । सरकारले सम्भव भएसम्म तत्कालै आफन्तहरुको जिम्मा शव लगाउने । अन्यथा पहिचान गरी फोटो खिचनेर शवको सामूहिक दाहसंस्कार गर्ने निर्णय पनि गरेको छ ।