धरहरा ढल्यो, घण्टाघर सुरक्षित, बसन्तपुर दरबार क्षेत्रमा ठूलो क्षति, भक्तपुर र ललितपुरको ऐतिहासिक संरचनामा पनि क्षति


Basantapurearth 03 earth4 नेपालमा केही समय अघि bhaktapur2गएको भूकम्पका कारण ठूलो क्षति भएको छ । अहिलेसम्म मानवीय क्षतिको एकिन तथ्यांक बाहिर आएको छैन । तर, यो संख्या धेरै हुनसक्ने अनुमान छ । काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा ठूलो क्षति पुगेको छ । भूकम्पको धक्का भारतको नयाँदिल्लीसम्म पनि महसूस गरिएको थियो । यतिबेला विश्वभरका सञ्चार माध्यमले यस विषयलाई प्रमुखता दिएका छन् । earth6काठमाडौंको जैसीदेवल, बसन्तपुरमा रहेको ९ तल्ले मन्दिर, त्यस्तै स्वयं बसन्तपुरको मुख्य भवनको संरचनामा क्षति पुगेको छ । भक्तपुरमा पनि क्षति भएको बताइए पनि एकिन विवरण आइसकेको छैन । उता कृष्णमन्दिर नजिकै रहेको मन्दिर पनि ढलेको छ । धरहरामा भूकम्प आउँदा केही मानिसहरु माथि चढिरहेको हुनाले उनीहरुको ज्यान गएको अनुमान गरिएको छ । यतिबेला एम्बुलेन्सहरु र आपतकालीन सेवाकर्मीहरु तिव्रताका साथ उद्धारमा जुटेका छन् । अस्पतालहरुमा घाइतेको संख्या निरन्तर बढिरहेको छ भने पुरिएका संरचनामा हुनसक्ने सम्भावित घाइतेहरुको उद्धारतर्फ ध्यान केन्द्रित हुन सकेको छैन । सरकारले अहिलेसम्म यसका विषयमा कुनै आधिकारिक जानकारी बाहिर ल्याएको छैन । तर, सामाजिearth05क सञ्जाल मार्फत सर्वसाधारण नै सचेत देखिन्छन् । यसअघि, लमजुंगबाट ३५ किलोमिटर पूर्वमा केन्द्रविन्दु भई नेपालमा गएको भूकम्प ७ दशमलब ५ रेक्टर स्केलको भएको पाइएको छ । fianl dharaयसले काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा क्षति गराएको छ । अहिलेसम्म क्षतिको पूर्ण विवरण आइसकेको छैन । सर्वसाधारणहरु यतिबेला आफ्नो घरबाट बाहिर सुरक्षित स्थानमा पुगेका छन् । सुरक्षाका लागि पनि भूकम्प आएको केही समयसम्ममा फेरि भूकम्प अझ तिव्र गतिमा फर्कने सम्भावना हुने भएकोले यस्तो गर्नु आवश्यक हुन्छ । यतिबेला टेलिफोनमार्फत आफन्तको हालचलको जानकारी लिनेहरु ह्वात्तै बढेका छन् । earth07

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]