जाजरकोटको गाउँबाट भागेका कर्मचारी मुख्यसचिव पुगेपछि फर्कन थाले


lilamaniरोग प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न जाजरकोट आइपुगेका नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले गाउँ नजाने कर्मचारीलाई तत्काल निलम्बन गरेर कारबाही चलाउन निर्देशन दिएपछि गाउँमा दरबन्दी भएर सदरमुकाम बस्दै आएका सरकारी कर्मचारीहरू रातारात गाउँ गएका छन् । बिहीबार अबेरसम्म जिल्लास्थित सरोकारवालासँग महामारी नियन्त्रणका विषयमा गरिएको अन्तरक्रिया कार्यक्रममा मुख्य सचिव पौडेलले यतिबेला गाउँ नबस्ने गाविस सचिव, स्वास्थ्यकर्मी, अन्य कार्यालयका कर्मचारीलाई तत्काल निलम्बन गरेर त्यसको जानकारी गराउन जाजरकोटका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएपछि जिल्ला सदरमुकाममा लामो समयदेखि बस्दै गाविस सचिव, जिल्ला पशुसेवा कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षालगायत कार्यालयका कर्मचारी बिहीबार राति नै गाउँतिर हिँडेको प्रत्यक्षदर्शी खलङ्गा–३ का बालकुमार शर्माले बताउनुभयो । यतिबेला काजमा बसेका र बिदामा बसेका स्वास्थ्यकर्मी समेत फर्किएका छन् । नफर्किएको पाइएमा तत्काल कारबाही हुने मुख्य सचिव पौडेलले बताउनुभएको छ । मुख्य सचिवले यतिबेला फिल्डबाट भाग्ने र फिल्ड नजाने गैरसरकारी संस्थाको नवीकरण नै नगर्न निर्देशन दिनुभएको छ । पौडेलले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न पनि भन्नुभएको छ । उहाँले १५ शय्याको जाजरकोट जिल्ला अस्पताललाई स्तरवृद्धि गरी तत्काल ५० शय्याको अस्पताल बनाउन आफूले विशेष पहल गर्ने बताउनुभयो । त्यस्तै ग्रामीण क्षेत्रमा दुई ठाउँमा २५ शय्याको अस्पताल बनाउन पनि विशेष पहल गर्ने आश्वासन दिनुभयो । उहाँसँगै स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठ, जाजरकोटका सभासद्हरू शक्तिबहादुर बस्नेत र राजिवविक्रम शाह समेत स्थलगत भ्रमणका लागि बिहीबार अबेर जाजरकोट आइपुग्नु भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]