थप प्रकोप नियन्त्रणका लागि सेनाको चिकित्सा टोली परिचालित

जाजरकोट जिल्लाका विभिन्न गाविसमा पैmलिएको मौसमी रुघाखोकी र स्वाइन प्mलुको महामारी नियन्त्रणका लागि नेपाली सेनाले आफूसँग उपलब्ध स्रोत साधनसहित चिकित्सा टोलीलाई प्रकोप प्रभावित क्षेत्रमा परिचालन गरी व्यापक रुपमा बिरामीलाई उपचार गर्ने क्रम जारी राखेको छ । सेनाको एमआई १७ हेलिकप्टरद्वारा जिल्लाको प्रभावित क्षेत्रमा थप प्रकोप नियन्त्रण तथा व्यवस्थापनका लागि गृह मन्त्रालय, नेपाली सेना, स्वास्थ्य सेवा विभाग र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सोमबार नेपाली सेनाको डा अधिकृतसहितको छ जनाको चिकित्सा टोली अर्छानी, नेपाल प्रहरीको डा अधिकृतसहितको छ जनाको चिकित्सा टोली पैक, सशस्त्र प्रहरीको डा अधिकृतसहितको छ जनाको चिकित्सा टोली कोरत्राङ तथा जिल्ला सदरमुकामबाट गैरसैनिक डा सहित छ जनाको चिकित्सा टोली टालेगाउँ गाविसमा परिचालन भई थप उपचार सेवा प्रदान गरिरहेका छन् । त्यसैगरी थप चिकित्सा टोलीका रुपमा सेनाका छ जनाको चिकित्सा टोली तथा विभाग र महाशाखाको टोलीसहित १८ जनाको टोलीलाई स्काइ ट्रकद्वारा सुर्खेतसम्म र त्यसपछि नेपाली सेनाको दुई हेलिकप्टरद्वारा रोग प्रभावित क्षेत्रमा पु¥याई थप उपचार सुरु गरिएको छ । प्रकोप प्रभावित गाविसलाई लक्ष्य गरी जिल्लाको रोकायागाउंँको लिम्सा इलाकामासेनाको एलुवेट हेलिकप्टरद्वारा चिकित्सकसहित तीन जनाको स्वयमसेवक टोली र सेनाको एमआई १७ हेलिकप्टरद्वारा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेबाट खटिएका चिकित्सकसहित सात जनाको टोली सक्ला गाविसको स्याला इलाकामा परिचालन भई प्रकोप नियन्त्रणका लागि थप उपचार सेवा प्रदान गरिरहेका छन् । प्रकोप न्यूनीकरण गर्न सेनाले गृह मन्त्रालय, विभाग, महाशाखालगायत अन्य निकायसँग समन्वय तथा सहकार्य गर्दै आफूसँग उपलब्ध स्रोत साधनको अधिकतम परिचालन एवम् प्रभावित क्षेत्रमा उपचार सेवा प्रदान गर्ने कार्य जारी राखेको सैनिक जनसम्पर्क निर्देशनलयले जनाएको छ ।