सगरमाथा आधार शिविरमा ३६६ आरोहीको भीड, ल्होत्से हिमालमा ९३ आरोही


everestसगरमाथासहित अन्य हिमशृङ्खला र हिमाल आरोहण गर्नका लागि ३६६ पर्यटकले सगरमाथाको आधार शिविर प्रवेश गरेका छन् । उनन्तीस समूहका २७३ ले सगरमाथा आरोहणका लागि प्रवेश पाएको सगरमाथा प्रदूषण नियन्त्रण समितिले जानकारी दिएको छ । अधिकांश पर्यटक सगरमाथाको आधार शिविर पुगेका छन् भने केही पुग्ने क्रममा छन् । सगरमाथासँगै रहेको अर्को ल्होत्से हिमालको आरोहण गर्न भने ९० समूहका ९३ आरोही रहेका छन् । एक हप्ताअघि नै आरोहण सुरु गरी क्याम्प एकतर्फ लाग्नुपर्ने भए पनि मौसम प्रतिकूल बन्दा आरोहीहरु सगरमाथा आधार शिविरमै थन्किएका छन् । वर्षा र निरन्तर हिउँ परिरहेकाले उनीहरु आधार शिविरमै रोकिनुपर्ने बाध्यता भएको हो । दुई दिनयता मौसममा सुधार आएपछि क्याम्प एकतर्फ दुई समूह्र लागेको बताइएको छ । हालसम्म कुनै पनि आरोही आधार शिविरमाथि जान सकेका छैनन् भने आधार शिविर खचाखच भएको छ । अहिले आरोही तथा आरोहण दलका सहयोगी गरी झन्डै एक हजार बढी पर्यटक आधार शिविरमा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अधिकृत कपिन्द्र राईले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]