प्रधानमन्त्रीद्वारा राष्ट्रिय झन्डा ओढाएर थापाप्रति श्रद्धाञ्जलि, राजकीय सम्मानका साथ सुवथाको अन्त्येष्ठी


?????????????????????????????????? ???????????????????????????????????????? ???????????????????????????????????????????????????  पूर्वप्रधानमन्त्री एवम् संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाको धार्मिक विधिअनुसार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । थापाको पार्थिव शरीरमा उहाँका छोरा एवम् वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले दागबत्ती दिनुभएको थियो । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष समेत रहनुभएका स्व थापाको पार्थिव शरीरमा पार्टी अध्यक्ष पशुपति शम्शेर राणा र नेता दीपक बोहराले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गर्नुभएको थियो । स्व थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतम, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)???????????????????????????????????????? का अध्यक्ष विजयकुमार गच्छदार, नेपाली काँग्रेसका नेताद्वय अर्जुननरसिंह केसी र प्रकाशशरण महतलगायत राप्रपाका नेता, कार्यकर्ता पशुपति आर्यघाट पुग्नुभएको थियो ।
यसअघि प्रधानमन्त्री सुशील कोइरालाले आज पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर उहाँप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ । प्रधानमन्त्री कोइराला राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्न दशरथ रङ्गशालामा पुग्नुभएको थियो । नेता थापाप्रति राष्ट्रिय झन्डा ओढाएर प्रधानमन्त्री कोइरालाले सरकारका तर्फबाट सम्मान व्यक्त गर्नुभएको हो । सार्वजनिक श्रद्धाञ्जलिका लागि ज्येष्ठ सभासद् थापाको पार्थिव शरीर आज अपराह्न १ बजेदेखि दशरथ रङ्गशालामा राखिएको छ । सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री कोइरालाले पञ्चायतकालमा पनि थापा कसरी सुधार गर्न सकिन्छ भनेर निरन्तर लागेको बताउनुभयो । थापा मुलुकको शान्ति, लोकतन्त्र र स्थायित्वका लागि सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “नेपाली काँग्रेसबाट सुरु भएको थापाको राजनीतिक यात्रा सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा समावेशितालाई स्वीकार गर्दै हरेक परिवर्तनमा प्रजातन्त्रको पक्षमा नै रहेको थियो ।”??????????????????????????
नेताहरुको प्रतिक्रिया यस्तो छ
पूर्व प्रधानमन्त्री एवम् एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले थापा देशको राजनीति कसरी मोडिदँैछ भन्ने कुरामा राम्रो जानकारी राख्ने व्यक्तित्व भएको बताउनुभयो । “देशमा दलहरुबीच सहमतिका लागि निरन्तर लागिरहेका थापाको निधनले राष्ट्रको वर्तमान सङ्क्रमणकालीन अवस्थामा क्षति पु¥याएको छ”–उहाँले भन्नुभयो । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली राजनीतिमा निरन्तर क्रियाशील थापाले जीवनको अन्तिम अवस्थासम्म सक्रिय भूमिका निर्वाह गरेको चर्चा गर्नुभयो । नेपालको वर्तमान सङ्क्रमणकालीन राजनीतिमा उहाँको अभाव महसुस हुने उहाँको धारणा रहेको थियो । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले प्रजातन्त्रप्रति अटुट आस्था, उदारवादी, स्पष्ट वक्ता जस्ता धेरै विशेषता स्व थापामा रहेको चर्चा गर्नुभयो । “एउटा अनुभवी राजनीतिज्ञका रुपमा रहेका थापाको अभाव वर्तमान सङ्क्रमणकालीन नेपाली राजनीतिमा खड्कीरहने छ,”– उहाँले भन्नुभयो । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) वरिष्ठ नेता झलनाथ खनालले आफ्नो जीवनको लामो समय नेपाली राजनीतिमा प्रभाव छाडिरहन सफल थापाले राष्ट्रमा ठुलो योगदान गर्नुभएको बताउनुभयो । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार नेपालले परिवर्तनलाई स्वीकार्ने, विचारमा गतिशिल थापा आफ्नो जीवनको अन्तिम अवस्थासम्म सक्रिय बन्नुभएको उल्लेख गर्नुभयो । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले स्पष्टवादी नेता थापाले विभिन्न तवरबाट राष्ट्र निर्माणमा योगदान पु¥याउनुभएको उल्लेख गर्दै उहाँको निधनले देशले ठूलो नेता गुमाएको टिप्पणी गर्नुभयो । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपाली राजनीतिमा करिब छ दशकको अनुभव सँगालेका थापाको निधनले नेपालले एउटा जिम्मेवार राजनीतिज्ञ गुमाएको उल्लेख गर्नु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्द्र लोहनीले जनताको सार्वभौमिकता कायम हुन पर्छ भन्ने भावनालाई निरन्तर बोकेका थापा एक विशिष्ट राजनेता भएको बताउनुभयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सहायक महामन्त्री भूवन पाठकले २०१४ सालदेखि सुरु भएको थापाको राजनीतिक इतिहास २०७२ साल पयन्त निरन्तर सक्रिय रहेको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तोरणबहादुर गुरुङले ज्यादै अनुभवी र समसामयिक राजनीतिक वातावरण बुझ्ने थापाको निधन समग्र राष्ट्रका लागि क्षति भएको धारणा राख्नुभयो ।?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????
पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले सँगै काम गरेका आफ्ना अन्यन्य मित्र थापाले सकुन्जेल सक्रिय भएर राजनीतिमा लाग्नुभयो, अहिले उहाँको आकस्मिक निधनले मलाई असाध्यै दुखित तुल्याएको छ भन्नुभयो । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले समय र परिस्थितिको पहिचान गर्दै आफूलाई सशक्त र निरन्तर राजनीति जीवनमा लगाउने थापाले नेपाली राजनीतिज्ञका बीचमा क्षमतावान् र बुज्रुक व्यक्तित्वका रुपमा पहिचान स्थापना गराएको बताउनुभयो । “सबैलाई कसरी समेटेर अघि बढ्न सकिन्छ भन्ने चिन्तन राख्ने थापामा सत्ता चलाउने परिपक्व प्रशासनिक र राजनीतिक क्षमता थियो, उहाँ मुलुकलाई छिटो संविधान दिन नसकेकामा चिन्तित हुनुहुन्थ्यो” पूर्वप्रधानन्यायाधीश रेग्मीले भन्नुभयो । मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले थापाको निधनले राष्ट्रले सशक्त, साहसी र दूरदर्शी राजनेता गुमाएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो– “नेपालको राजनीतिमा थापा ‘लिजेन्ड’का रुपमा रहनुभएको थियो, मुलुक सङ्क्रमणकालमा रहेको बेला उहाँजस्तो पाको, साहसी र दूरदर्शी नेताको सहयोग आवश्यक थियो, थापाको निधनले मुलुकले राजनीति क्षेत्रमा अभिभावक गुमाएको छ, यो धेरै ठूलो क्षति हो ।” राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बदलिएको परिस्थितिलाई उपयोग गर्न खप्पिस थापा आफूले लिएको प्रक्रिया र सिद्धान्तमा इमान्दार प्रस्तुत हुनुहुन्थ्यो भन्नुभयो । उहाँले भन्नुभयो– “छिटो संविधान जारी गर्नुपर्छ भन्नेमा पूर्वप्रधानमन्त्री थापाको अत्यन्तै जोड थियो ।” वरिष्ठ राजनीतिज्ञ राजेश्वर देवकोटाले प्रत्येक प्रतिकूल परिस्थिति र परिवर्तनलाई आफ्नो अनुकूल बनाउन सक्ने क्षमतावान् नेताका रुपमा थापालाई आफूले पाएको बताउनुभयो । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले पञ्चायत, बहुदल र संविधानसभाकालमा समेत सक्रिय रुपमा राजनीतिमा रहनुभएका थापा आफ्नो आस्था र मान्यताप्रति दृढ व्यक्तिका रुपमा रहनुभएको बताउनुभयो । उहाँले भन्नुभयो– सूर्यबहादुरजीको निधनले नेपाली राजनीतिमा चर्चित नेता गुमाएको छ, यस अर्थमा हामीलाई दुःख लागेको छ, हामी उहाँप्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौँ । पूर्वमन्त्री रमेशनाथ पाण्डेको बुझाइमा नेपालको विभिन्न कालखण्डमा उहाँको निकै योगदान रह्यो, विसं २०१४को सल्लाहकारसभाको गठनदेखि जीवनपर्यन्त नेपाली राजनीतिमा मुख्य पात्रको भूमिका खेल्नुभयो । परराष्ट्रविद् पाण्डेले भन्नुभयो– सूर्यबहादुरजी कुशल राजनीतिज्ञ र प्रशासकका साथै उहाँ सबैका मित्र हुुनहुन्थ्यो, उहाँको देन मुलुकले सधैँ स्मरण गरिरहन्छ ।”
राष्ट्रपतिको स्मरण
राष्ट्रपति डा रामवरण यादवले पटक–पटक नेपालको प्रधानमन्त्रीमा रही राष्ट्रको गहन जिम्मेवारी बहन गर्नुभएका कुशल एवम् अनुभवी राजनीतिज्ञ थापाको निधनबाट सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको हाम्रो मुलुकका लागि ठूलो क्षति पुगेको बताउनुभएको छ । राष्ट्रपतिले आफ्नो सम्पूर्ण जीवन मुलुकको राजनीतिमा समर्पण गर्नुभएका थापाको समन्वयकारी भूमिका, स्पष्ट राजनीतिक दृष्टिकोण, दृढ इच्छाशक्ति र सन्तुलित व्यवहार सदाका लागि स्मरणीय रहने आफ्नो समवेदना सन्देशमा उल्लेख गर्नुभएको छ । नेता थापाको निधनप्रति दुःख व्यक्त गर्र्दै उहाँले थापाको दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले आफ्ना सबल अभिभावक गुमाएका थापाका शोकसन्तप्त परिवारजन र स्वजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै उहाँहरूप्रति समवेदना पनि प्रकट गर्नुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]