काँग्रेस र एमालेका वरिष्ठ नेताहरूबीच भेटवार्ता, संविधान निर्माणको योजनामा छलफल

सक्तारुढ दल नेपाली काँग्रेस र नेकपा ९एमाले०का वरिष्ठ नेताहरूबीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेट वार्ता भएको छ । बैठकमा संविधान लेखनका लागि एउटा स्पष्ट क्यालेन्डर बनाएर अगाडि बढ्नुपर्ने विषयमा छलफल भएको नेकपा ९एमाले० का उपाध्यक्ष विद्यादेवी भण्डारीले जानकारी गराउनुभयो । “गत माघ ८ गने संविधान जारी गर्ने तयारीका साथ पहिलो क्यालेन्डर निर्माण भएको थियो, तर संविधानका केही विषयमा सहमति जुट्न नसक्दा संविधान जारी हुन सकेन, अब चाहिँ स्पष्ट क्यालेन्डर बनाएर संविधान लेखनको काम अघि बढाउनुपर्नेमा कुराकानी भयो”–उहाँले भन्नुभयो । संविधान लेखनका विवादित विषयमा सहमति जुटाउन गरिएको पर्खाइ पनि धेरै भइसकेको भन्दै उहाँले अब वार्ता र संविधान लेखनको प्रक्रियालाई सँगसँगै अगाडि बढाउने भेटमा छलफल भएको उपाध्यक्ष भण्डारीले बताउनुभयो । बैठकमा प्रधानमन्त्री सुशील कोइराला, नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा, सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाललगायत रहनुहुन्थ्यो भने नेकपा ९एमाले० का तर्फबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्षद्वय भण्डारी र भीम रावल, महासचिव ईश्वर पोखरेललगायत सहभागी रहनुभएको थियो ।