बाग्लुङमा फेरि फहरायो चार तारे झण्डा, नेपाली काँग्रेसकी नेत्री विजयी

बाग्लुङ क्षत्र नंं १ को उप निर्वाचनमा नेपाली काँग्रेसकी नेत्री चम्पादेवी खड्का विजयी हुनुभएको छ । नेत्री खड्काले १७ हजार १५४ मत ल्याउनुभएको थियो भने उहाँको निकटमत प्रतिद्वन्द्वी नेकपा (एमाले)की मनकुमारी केसीले १५ हजार ६८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी एनेकपा (माओावदी) मा कृष्णकुमार केसीले दुई हजार ५०५ मत र जनमोर्चाका नेत्रबहादुर बुढाथोकीले एक हजार ९४९ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।