तेजाब हान्ने जीवन विकलाई ज्यान मुद्दा लगाउने तयारी


jibanगत फागुन १० गते बसन्तपुरमा दुई छात्रामाथि तेजाब खन्याएको आरोप लागेका जीवन विकविरुद्ध  जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । दुई छात्रामाथि तजाब खन्याएको अभियोगमा आरोपित विकलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता भएको अदालतका श्रेस्तेदार श्रीप्रसाद सञ्जेलले जानकारी दिनुभयो । रामेछाप जिल्ला फुलासी गाविस घर भई टोखामा डेरा लिई बस्दै आएका २० वर्षीय जीवन विकलाई उनकै डेराबाट यही चैत ५ गते राति महानगरीय प्रहरी कार्यालयले पक्राउ गरेको र २४ दिनको अनुसन्धानपछि आज मुद्दा दर्ता गरेको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]