ज्ञानेन्द्र लागे दिल्लीतिर, पारससँग लुकामारीजस्तो


????????????????????????????पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला नयाँ दिल्लीमा छन् । शुक्रबार साँझ उनी नाति पूर्णिका र सम्वाद सचिव फणिराज पाठकसँगै त्यता लागेका हुन् । नयाँदिल्लीमा पूर्वराजाले उच्चस्तरीय भेटवार्ताका साथै पत्नी कोमलको स्वास्थ्य उपचार गराउनेछन् । दरबार हत्याकाण्डका बेला शरीरमा लागेको छर्रा शल्यक्रिया गरेर निकालिनेछ । ज्ञानेन्द्र भ्रमणको बेला भेटघाट मिलाउन पूर्वयुवराज्ञी हिमानी, ज्ञानेन्द्रका स्वकीय सचिव सागर तिमिल्सिना र निर्मल निवासका केही कर्मचारी गत २२ चैत्रमा त्यता गइसकेका छन् । यस पटक दिल्लीमा बस्नका लागि अपार्टमेन्ट नै भाडामा लिइएको हुनाले यो बसाई लामै हुने अपेक्षा छ । यता पूर्वराजा पारस शाह काठमाडौं आउने बित्तिकै दिल्ली भ्रमण सुरु भएका कारण उनीसँग परिवारले लुकामारी खेलेको जस्तो देखिएको छ । पारस शाह पूरै तिरस्कृत महसूस गरिरहेका छन् । हुनत उनका वितका गतिविधिका कारण त्यतो गरिनु पनि अन्यथा नहुन सक्छ । तर, सर्वसाधारणको आँखामा भने परिवारले बिग्रिएको छोरो सुध्रिन्छु भन्दै घर फर्कदा पनि माफी नदिएकोजस्तो भान पर्न गएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]