गैरआवासीय नेपालीको लगानीमा म्यादीमा बृद्धाश्रम निर्माण, अध्यक्ष शेष घलेबाट उद्घाटन

गैर आवासीय नेपालीको लगानीमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा बृद्धाश्रम निर्माण भएको छ । गैरआवासीय नेपाली संघ बेलायतको अगुवाईमा बेलायतबासी नेपालीहरुले संकलन गरेको रकमबाट सो बृद्धाश्रम निर्माण गरिएको हो । १६ कोठा, दुई भान्छा कोठा र दुई शौचालययुक्त सो भवन निर्माणका लागि ८१ लाख ७६ हजार रुपैयाँ लगानी गरिएको छ । नवमिर्तित भवनको गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष श्री शेष घले र नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्थानीय बिकाशमन्त्री प्रकाशमान सिंहले शुक्रबार संयुक्तरुपमा उद्घाटन गर्नुभयो । यसैगरी गलेश्वर मन्दिर परिषरमा निर्मित बहुउद्देश्यीय सत्संग भवनको पनि शुक्रबार नै एनआरएन अध्यक्ष घलेले उद्घाटन गर्नुभयो । सो अबसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष घलेले यस्तो पवित्र कार्यमा सहयोग गर्ने सवै बेलायतबासी गैरआवासीय नेपाली, गैरआवासीय नेपाली संघ युके र तत्कालिन अध्यक्ष योगेन क्षेत्रीलाई बिशेष धन्यबाद र आभार ब्यक्त गर्नुभयो । ुयो नै गैरआवासीय नेपालीले सामूहिक प्रयत्नबाट नेपालमा निर्माण गरेको पहिलो ठूलो परोपकारी काम हो ।ु अध्यक्ष घलेले भन्नुभयो( हाम्रो सानो(सानो प्रयत्नले पनि नेपालमा ठूलो सामाजिक परिवर्तन ल्याउन सक्छ भन्ने यो ज्वलन्त उदाहरण हो, यसबाट मलाई ब्यक्तिगतरुपमा र गैरआवासीय नेपाली संघलाई ठूलो उत्साह मिलेको छ ।ु पछिल्ला बर्षहरुमा बैदेशिक रोजगारीका कारण नेपालमा सामाजिक सम्बन्ध र संरचनाहरु खल्बलिएको बताउँदै त्यसलाई रोक्ने र नेपालमै सवैलाई समान अबसर प्रदान गर्ने नीति बनाउन नेपालका नीति निर्माताहरुलाई आग्रह गर्नुभयो । गैरआवासीय नेपालीहरुले नेपालमा आर्थिक तथा सामाजिक क्षेत्रमा ठूलो लगानी गरिरहेको भन्दै उहाँले नेपालको सम्बृद्धिका लागि सामूहिक प्रयत्न गर्न र नेपाल सरकारसँग सहकार्य गर्न संसारभरका गैरआवासीय नेपालीहरु तयार रहेको बताउनुभयो । सो अबसरमा उपप्रधानमन्त्री एवं स्थानीय बिकाशमन्त्री प्रकाशमान सिंहले गैरआवासीय नेपालीहरुको परोपकारी मन र सदभावको प्रसंसा गर्दै गाउँमा सुबिधासम्पन्न बृद्धाश्रम बनाउन पहल गर्ने सवै एनआरएनहरुलाई सरकारका तर्फबाट आभार प्रकट गर्नुभयो । नेपालमा संबिधान नबनेसम्म दिगो शान्ति र स्थायित्व नहुने भन्दै उहाँले लोकतान्त्रिक संबिधानमार्फत् नेपालमा स्थायित्व कायम गर्न कोसिस भइरहेको बताउनुभयो । कार्यक्रममा म्याग्दीका जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने सभासद, बेलायतबासी गैरआवासीय नेपाली प्रतिनिधिहरु लगायतको उपस्थीति थियो ।