नेपथ्यले पहिलो पटक फिल्ममा संगीत दिने, पूर्ण अष्ट्रेलियन लगानीमा बन्ने भो चलचित्र दोख


dokh1चर्चित व्याण्ड नेपथ्यले पहिलो पटक चलचित्रमा संगीत दिने भएको छ । चलचित्र दोखमा नेपथ्यले दुईवटा गीतमा संगीत दिने र गाउने समेत भएको हो । चलचत्रिका अन्य गीतमा आभासको समेत सहकार्य रहनेछ । काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो । नेपाली मौलिक कथावस्तुमा निर्माण हुन लागेको चलचित्र दोखमा फुटबल खेल्ने ग्रामीण परिवेशका युवाहरु र द्वन्द्वको अवस्थाका विषयमा चित्रण गरिएको छ । पत्रकार सम्मेलनमा निर्देशक अनुप बरालले आफ्नो जन्मदिन पनि मनाएका छन् । उपस्थित अतिथि र फिल्म निर्माण टिमसँग फुटबल आकारको केक काटेर उनले जन्मदिन मनाएका हुन्। उनले फिल्म स्टार भ्यालुभन्दा कन्टेन्ट भ्यालु भएको जानकारी दिए । चलचित्रमा लोकमणि सापकोटा, रोय श्रेष्ठ, दिवाज किराँती, राज थापा, सुरज मल्ल, केशव राई, दिया मास्के, सजन थापा मगर, किरण चाम्लिंग, माओत्से गुरुंग, अनोज पाण्डे, अविरलप्रताप अधिकारी, अमनप्रताप अधिकारी लगायतले अभिनय गर्नेछन् । dokhपत्रकार सम्मेलनमा उपस्थित निर्मातामध्येका एक सविन ज्ञवालीले बराल जस्तो परिपक्व निर्देशक पाउँदा खुशी लागेको बताएका थिए । यस चलचित्रको निर्माण सिड्नीमा रहेको प्रोडक्सन कम्पनी आल्प ईन्टरटेन्मेन्टले गरेको हो । चलचित्रका निर्मातामध्येका एक मनोज अधिकारीले भने, वैशाख १ गतेबाट फिल्म छायाँकन सुरु हुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]