बङ्गालको खाडीबाट आएको वायुको प्रभावले चट्याङसहित वर्षा


???????????????????????????????????स्थानीयस्तरको जलवाष्प र बङ्गालको खाडीबाट आएको वायुको सम्मिश्रणको प्रभावका कारण मौसम बदली भई देशका पूर्वी र मध्य भागमा चट्याङसहितको वर्षा भएको छ । स्थानीयस्तरको जलवाष्प मिली चट्याङ गराउने खालका बादलहरू बनेर छोटो समयको चट्याङसहितको वर्षा भएको मौसमविद् सुवास रिमालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार पूर्व मनसुनको मौसम भएकाले सामान्यतः यो बेला अपराह्नपछि पहाडी भेगमा छोटो समय मौसम खराब भई चट्याङसहित वर्षा हुने गर्छ । आजको वर्षा त्यसकै स्वरूप हो । बङ्गालको खाडीबाट वायु नेपालको पूर्वी भेगतर्फ उन्मुख भएका कारण यहीँको जलवाष्प जोडिन गई दुवैतर्फको मिश्रित असर देखिएको उहाँले उल्लेख गर्नुभयो । चट्याङसँगै विभिन्न भेगमा बाक्लो असिना परेको समाचार छ । मुलुकको पश्चिमी भेगमा कुनै असर नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चट्याङ गराउनेखालको बादलले गर्दा असिना पनि परेको मौसविद् रिमालको भनाइ छ । एक्कासि परेको असिना पानीले उपत्यकाको यातायातमा सामान्य अवरोध आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]