स्थानीयले भने थातथलो छोड्नै परे पनि बूढीगण्डकी आयोजना शीघ्र निर्माण होस्


रमेश लम्साल
?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????“मुटुमाथि ढुङ्गा राखी हाँस्नु प¥या छ” नारायण गोपालले हाँसो र खुसीलाई मिश्रण गरेर गाएको गीत आज पनि उत्तिकै कालजयी छ । स्वरसम्राट नारायणगोपालले यो गीत किन गाए होलान् र त्यसको सन्दर्भ के थियो । खोजीको विषय हुन सक्छ । तर गोरखा र धादिङका जनताका लागि सोही गीतले नै भनेजस्तो भएको छ बूढीगण्डकी बहुउद्देश्यीय जलविद्युत् आयोजना । आयोजना सहजरूपमा अगाडि बढाउन दिउँ त आफ्नो सबै थातथलो छोडेर सुकुम्बासी बन्नुपर्ने छ । बनाउन नदिउँ त आयोजना मुलुकका लागि असाध्यै महत्वपूर्ण र आर्थिक समृद्धिको ढोका खोल्नेछ । गोरखा आरुचनौटे–१ का हरिप्रसाद लामिछाने उमेरले ७० वर्ष पुग्नुभयो । आयोजना अगाडि बढाउनुपर्छ भन्नेमा उहाँ सहमत हुनुहुन्छ । तर पुर्खाले आर्जेको रस्ती बस्ती छोडेर जानु पर्ला भन्नेमा उहाँ चिन्तित हुनुहुन्छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा सो आयोजनालाई राखेर काम अगाडि बढाएको छ । हाल आयोजनाको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)को काम अन्तिम चरणमा पुगेको छ । फ्रान्सेली कम्पनी ट्याक्टबेलले आगामी साउनसम्म डिपिआरको पूर्ण प्रतिवेदन सरकारलाई हस्तान्तरण गर्नेछ । परियोजनाको चर्चा सुरु भएलगत्तै धादिङ र गोरखाका २७ गाविसको जग्गा जमिन किनबेच हुन छाडेको छ । छोराछोरी पढाउन, औषधिमूलो गर्नसमेत स्थानीयले पाएका छैनन् । आयोजना कुन ढाँचामा अगाडि बढाउने भन्नेमा समेत सरकारले हालसम्म ठोस निर्णय गर्न सकेको छैन । प्रभावित क्षेत्रका जनता ठूलो समस्यामा परेका छन् र उनीहरूको माग छ आयोजना अगाडि बढाउने भए तत्काल काम सुरु गर होइन भने हामीलाई मानसिक तनाब नदेउ । गोरखा आरु अर्बाङका कृष्णप्रसाद खनाल भन्नुहुन्छ– “आयोजना सुरु गर्नुपर्छ भन्नेमा कोही कसैको दुर्ईमत छैन, तर किन ढिलाइ भइरहेको छ । सोको बारेमा हामीले जानकारी नपाउँदा समस्यामा प¥यौँ ।” गोरखाको घ्याल्चोक र धादिङको सलाङमा २६३ मिटर अग्लो बाँध बाँधेर कुल एक हजार २०० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले राखेको छ । बूढीगण्डकी जलविद्युत् विकास समितिले हाल स्थानीय तहमा आयोजनालाई सफल बनाउनका लागि जनमत बनाउँदै लगेको छ । तर स्थानीयमा त्रास र आश दुवै पलाएको छ । धादिङ चैनपुर–१ का प्रेमसिंह ठगुन्ना आफ्नो भौतिक सम्पत्ति पानी मुनि नै पर्ने भए पनि सरकारी ढिलाइप्रति दुःख व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ– “सरकारले हामीलाई उचित मुआब्जा र सेयर दिए आजै थातथलो छाडेर जान तयार छौँ । यो वा त्यो बहानामा आयोजनामा ढिलाइ हुनु भएन, तत्काल सुरु हुनुप¥यो ।” बूढीगण्डकी आयोजनाका कारण करिब पाँच हजार घर प्रभावित हुन्छ भने करिब ४५ हजार जनता प्रभावित हुने प्रारम्भिक अनुमान गरिएको छ । जमिन पानी मुनि पर्छ भनेर हाल जग्गाको किनबेच ठप्प छ । तर पनि स्थानीयमा आयोजना अगाडि बढ्छ र मुलुकको कायापलट हुन्छ भन्नेमा विश्वास बढेको छ । गोरखा घ्याल्चोकका लिलाबहादुर विसुराल भन्नुहुन्छ– “निर्माण सुरु हुन्छ भनेर मात्रै भएन काम युद्धस्तरमा सुरु हुनुप¥यो, स्थानीयले सेयर लगानी गर्न पाउनुप¥यो र श्रमसमेत गर्न पाउनुप¥यो ।”
चालु आवको बजेटमा सो आयोजनाका लागि रु ४८ करोड बजेट विनियोजन गरिएको छ । डिपिआरको काम अन्तिम चरणमा पुगेको भए पनि विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन(इआइए)को काम नगरिदिँदा समस्या परेको छ । व्यवस्थापिका–संसद् मातहतको कृषि तथा जलस्रोत समितिले पनि इआइएको काम तत्काल सम्पन्न गरिदिन सो मन्त्रालयलाई निर्देशन दिइसेकाले चाँडै काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुहुन्छ– बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिका अध्यक्ष लक्ष्मीप्रसाद देवकोटा । विकास समितिले शुक्रबार धादिङ र गोरखाको सीमामा रहेको आरुघाट बजारमा बृहत् अन्तक्र्रियाको आयोजना गरेको थियो । सो अवसरमा उपस्थित दुवै जिल्लाका प्रभावितले आयोजना तत्काल अगाडि बढाउन मात्रै माग गरेनन् । उचित क्षतिपूर्ति र आयोजनाको सकारात्मक पाटोका बारेमा चर्चा र परिचर्चासमेत गर्न भ्याए । त्यहीमध्येका एक हुनुुहुन्थ्यो नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ । श्रेष्ठले भन्नुभयो– “मेरो घरपरिवार, नातागोता आफन्त, ऐतिहासिक आरुघाट बजार सबै डुब्छ र पनि म आयोजनाको पक्षमा छु ।” उहाँले एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र आफूले सँगै पढाएको भिमोदय उच्च मावि, भीमसेन थापाको बगैँचा, पृथ्वीनारायण शाहको न्वागी खाने खेत सबै ताल मुनिपर्ने भए पनि दुःख नमानी आयोजना बढाउन सहयोग गर्ने वचन दिनुभयो । ऊर्जा मन्त्री राधा ज्ञवालीले भन्नुभयो– “आगामी आर्थिक वर्षदेखि आयोजना अगाडि बढ्छ, सरकारले बजेटको व्यवस्था गर्छ, प्रभावित क्षेत्रका जनतालाई मर्का नपर्ने गरी क्ष्तिपूर्तिसमेत दिन्छ । मुख्य कुरा स्थानीयले सहयोग गर्नुप¥यो ।” लहलह धान झुल्ने खेत र मास फल्ने टारलाई पानीमुनि पारेरै भए पनि बूढीगण्डकी जलविद्युत् आयोजना सम्पन्न गराउनु हामी सबैको कर्तव्य हो । धान र मास फल्ने जमिनमा विद्युत्को खेती गरौँ र भनौँ ‘मुटुमाथि ढुङ्गा राखी हाँस्नु प¥या छ’”– धादिङ क्षेत्र नं २ का सभासद् गुरूप्रसाद बुर्लाकोटीले भन्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?