‘गिरिजाबाबुको अवसानसँगै परिवर्तनको मुद्दा कमजोर भयो’– अध्यक्ष दाहाल


???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????एकीकृत(नेकपा)माओवादी अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइरालाको अवसानसँगै मुलुकमा परिवर्तनसहितको नयाँ संविधान निर्माण अभियान कमजोर बनेको बताउनुभएको छ । सर्लाहीको हरकठवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले १२ बुँदे समझदारी, गणतन्त्र स्थापना, धर्म निरपेक्षता, सङ्घीयता, समावेशी, समानुपातिक प्रणालीसहितको परिवर्तनमा उहाँको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नु भयो । “मसँगै परिवर्तनका लागि खेल्नुभएको भूमिकाका लागि गिरिजाबाबुलाई अत्यन्त सम्मान गर्छु” अध्यक्ष दाहालले भन्नुभयो, “तर स्व गिरिजाबाबुको भावना विपरीतका नेताहरु काँग्रेसको नेतृत्वमा पुगेका र परिवर्तनका मुद्दाहरु छाडेका कारण अहिले नयाँ संविधान निर्माणमा समस्या आएको छ ।” सहमतिका लागि सत्तापक्षले ठोस पहल गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष दाहालले पहिला भएका ऐतिहासिक समझदारी, सहमति र सम्झौता सम्बोधन नभएसम्म सहमति नहुने उल्लेख गर्नु भयो । पहिचानसहितको सङ्घीयतामा सत्तापक्ष लचक भए मुलुकलाई यथाशक्य निकास दिनका लागि एमाओवादी राज्य पुनःसंरचना र शासकीय स्वरुपमा हदैसम्मको लचक रहेको अध्यक्ष दाहालले बताउनुभयो ।
मधेशीको अधिकार सुनिश्चित गरिने
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मधेसीको अधिकार सुनिश्चितताका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । सर्लाहीको हरकठवामा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले पहिचानसहितको मधेस प्रदेशका लागि आफू अनवरत लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । मधेस आन्दोलनपछि सरकारसँग भएको सम्झौता अक्षरशः पालना नभएसम्म मधेस र मधेसी जनता अधिकार सम्पन्न नहुने उहाँको भनाइ थियो । अध्यक्ष दाहालले नेपाली काँग्रेस र नेकपा (एमाले) पहिचानसहितको सङ्घीयतामा लचक भए एमाओवादी राज्य पुनःसंरचना र शासकीय स्वरुपमा हदैसम्मको लचकता अपनाउन तयार रहेको उल्लेख गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]