एमालेको युवा सङ्घभित्र समानान्तर भेला कायमै


?????????????????????नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगले समानान्तर गतिविधि नगर्न ध्यानाकर्षण गरेपनि युवा सङ्घ नेपालका दुई समूहका पूर्व घोषित भेलाका कार्यक्रम हुने भएका छन् । सङ्घको् संस्थापन पक्षले युवा परिषद्लाई विस्तारित बैठकमा परिणत गरी असन्तुष्ट पक्षलाई भेला रोक्न आग्रह गरेपनि विवाद यथावत् देखिएको छ । आयोगका अध्यक्ष अमृतकुमार बोहोराले बुधबार विज्ञप्ति जारी गरी विवाद मिलाउन एमाले नेतृत्वको ध्यानाकर्षण गराउनुभएको थियो । सङ्घले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य शेरबहादुर तामाङले पार्टी अनुशासन आयोगको निर्देशनबमोजिम असन्तुष्ट पक्षले गर्न लागेको भेलालाई रोक्न आग्रह गर्दै शुक्रबारदेखि मकवानपुरमा हुने विस्तारित बैठकमा सहभागी भई विवादलाई समाधान गर्न सुझाव दिनुभयो । उहाँले असन्तुष्ट पक्षलाई विस्तारित बैठकमा सहभागी गराउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसो हुन नसके विधानअनुसार उनीहरुलाई कारबाही गरिने बताउनुभयो । यसैबीच असन्तुष्ट पक्षको बृहत राष्ट्रिय भेला यही चैत ७ र ८ गते काठमाडौँमा हुने भएको छ । यहाँ अलग पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष दिलकुमारी पन्तले काठमाडौँमा हुने राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । भेलामा ५१७ जना प्रतिनिधि, ९० जना पर्यवेक्षक, १११ जना स्वयंसेवकको सहभागिता रहने पन्तले बताउनुभयो । भेलाको उद्घाटन चैत ७ गते पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्ने सम्मेलनमा जानकारी दिइयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]