बढ्यो संविधानसभाध्यक्षको सक्रियता, सबै दलका शीर्ष नेताहरुसँग एक महिनामा के भयो विवरण माग गर्ने


????????????????????????????????????????????????????????संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधान निर्माणका विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्नुहुने भएको छ । विवादित विषयमा सहमति जुटाउने विषयमा दलहरूबीच सार्थक संवाद हुन नसकेको र विवाद कायमै रहेको भन्दै सभाध्यक्षले बुधबार दिउँसो १ बजेका लागि छलफल तय गर्नुभएको हो । गत माघ २९ गते अनिश्चितकालका लागि संविधानसभाको बैठक स्थगित भए पनि संविधानका विवादित अन्र्तवस्तुमा सहमति जुटाउनेतर्फ कुनै पनि पहल नभएको भन्दै सभाध्यक्ष नेम्वाङ असन्तुष्ट बन्दै आउनुभएको छ । पछिल्लोपटक दलहरूबीच भएको संवादले पनि कुनै निष्कर्ष निस्कन नसकेको, सत्तारुढ दलले प्रक्रियाका आधारमा संविधान लेखन प्रक्रियालाई अगाडि बढाउन आग्रह गरेको र एकीकृत नेकपा(माओवादी) नेतृत्वमा रहेको ३० दलीय मोर्चाले आन्दोलन घोषणा गरेको सन्दर्भमा आगामी रणनीति कसरी तय गर्ने भन्ने विषयमा टुङ्गो लगाउन बैठक गर्न लागेको सभाध्यक्ष नेम्वाङले जानकारी दिनुभयो । दलहरूले विवादित विषयमा दुई घन्टामा सहमति हुन्छ भनेको, संवाद पनि गर्छौं र सहमतिका आधारमा नै संविधान लेखन प्रक्रियालाई अगाडि बढाउँछौँ भनेको भए पनि सार्थक परिणाम निस्कन नसकेको भन्दै सभाध्यक्षले संविधानसभालाई सधैँ बन्धक बनाउन नहुनेतर्फ दलहरूको ध्यानाकर्षण गराउन लाग्नुभएको हो । ‘‘दलहरूलाई मैले सार्थक संवाद गर्नुस् भनेर पटक–पटक आग्रह गरे, सहमतिको विकल्प छैन पनि भने तर उहाँहरू पटक्कै गम्भीर हुनुभएन, मुलुक र जनताले संविधानसभाको बैठक कहिले बोलाउनुहुन्छ भनेर प्रश्न गरेको ग¥यै छन् । संविधानसभालाई अनिश्चितकालसम्म स्थगन गर्ने कुरा पनि भएन’’ सभाध्यक्ष नेम्वाङले भन्नुभयो । प्रमुख राजनीतिक दल र नागरिक समाजको आग्रहमा सभाध्यक्ष नेम्वाङले गत माघ २९ गतेदेखि संविधानसभाको बैठक स्थगित गर्नुभएको छ । त्यसपछि दलहरूबीच अनौपचारिक संवाद पनि भयो । औपचारिकरुपमा गत फागुन ३० गते चारपक्षीय वार्ता भयो । तर कुनै पनि निष्कर्ष निस्कन सकेन । यसैबीच एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले यही चैत १ गते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ भने सत्तारुढ दलले अब प्रक्रिया सुरु गर्नुपर्ने भन्दै तत्काल संविधानसभाको बैठक बोलाउन आग्रह गरेका छन् । मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधान लेखन तथा दलहरूबीच भएका सहमतिको प्रयासका बारेमा सभाध्यक्ष नेम्वाङले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्नुभयो । सत्तारुढ दलले पनि संविधानसभाको बैठक के गर्ने भन्ने विषयमा जानकारी नगराएको र विपक्षी दलले समेत के विषयमा कुरा नमिलेको हो र के कारण आन्दोलनमा जानु परेको हो भन्ने बारेमा अवगत नगराएको भन्दै उहाँले प्रमुख सचेतकसँग असन्तुष्टि व्यक्त गर्नुभएको हो । बैठकपछि एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले बहमतीय प्रक्रियालाई अगाडि बढाउने मनसायका साथ संविधानसभाको बैठक बोलाउन लागिएको भए त्यो आफूहरूलाई स्वीकार्य नभएको जानकारी गराएको बताउनुभयो । ‘‘सभाध्यक्षले दलका शीर्ष नेतासँग छलफल गर्ने र सहमतिका लागि प्रयत्न गर्ने विषय सकारात्मक भए पनि बहुमतीय प्रक्रियाका आधारमा संविधान लेखन प्रक्रिया अगाडि बढाउने हो भने हामी संविधानसभामा जाँदैनौँ, सहभागी हुँदैनौँ’’ प्रमुख सचेतक पोखरेलले भन्नुभयो । नेपाली काँग्रेस, नेकपा(एमाले)का प्रमुख सचेतकले भने सहमतिको सम्भावना नरहेकाले तत्काल प्रक्रियामा प्रवेश गर्नका लागि सभाध्यक्ष नेम्वाङलाई आग्रह गर्नुभएको थियो । नेम्वाङले आजै कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यसँग पनि दलहरूबीच पछिल्लो दिनमा भएको संवाद र प्रगतिका बारेमा छलफल गर्नुभएको थियो । छलफलमा संविधान लेखनका विषयमा कुराकानी भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]