भिओआइपी सञ्चालनमा संलग्न इञ्जिनियर पक्राउ


voiipकेन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँ नरदेवी टोलस्थित आफ्नै घरमा अवैध भिओआइपी सञ्चालन गरिरहेका अवस्थामा स्मार्ट सेलको कोर विभागमा कार्यरत इलेक्ट्रोनिक इञ्जिनियर ३३ वर्षीय प्रदीप श्रेष्ठलाई पक्राउ गरेको छ । उनको साथबाट नेपाल टेलिकमको सिमकार्ड १२० थान, १६ पोर्टको भिओआइपी गेटवे एक थान, राउटरलगायत उपकरण बरामद गरी कानुनी प्रक्रिया अगाडि बढाएको ब्यूरोले जनाएको छ । ब्यूरोले हालसम्म ७८ स्थानमा गरेको कारबाहीमा नेपाली १०१ र विदेशी ३१ गरी १३२ लाई पक्राउ गर्नुका साथै १० अर्ब ८६ करोड ५३ लाख ३८ हजार ७९१ रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]