अखिलले बाँड्न थाल्यो स्वाईन फ्लूरोक्न मास्क


?????????????????????स्वाइन फ्लुको सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले अनेरास्ववियु जिल्ला कमिटी काठमाडौँले ‘माक्स’ वितरण अभियान सुरु गरेको छ । स्वाइन फ्लुबाट हुनसक्ने जोखिम र त्यसबाट बच्न जनतामा सचेतना जगाउने उद्देश्यले पहिलो चरणमा पाँच हजार माक्स वितरण गरिने अनेरास्ववियुले जनाएको छ । प्रत्येक क्याम्पसमा गएर माक्स वितरण गरिने अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो । प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस अगाडि बिहान माक्स वितरणको उद्घाटन गर्दै अनेरास्ववियुका अध्यक्ष किशोर मल्लले स्वाइन फ्लुको सङ्क्रमणबाट बच्न जनतामा चेतना जगाउनका लागि कार्यक्रम उपयोगी हुने बताउनुभयो । उहाँले यस्ताखाले जोखिमपूर्ण रोगको निवारणका लागि सरकारले ठाउँठाउँमा स्वास्थ्य क्लिनिक सञ्चालन गरी विशेष सचेतनात्मक कार्यक्रम लैजान जरुरी भएको खाँचो औँल्याउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?