माकुराले टोकेरै मार्यो विषालु सर्पलाई

विषालु सर्पलाई माकुरोले टोकेर मारेको सुन्नुभएको छ ? पक्कै छैन होला । हामी देखाउँछौं तपाईंला । फोटोमा देखाइएको सर्प एउटा माकुरोको जालोमा फसेको छ । दृश्य अष्ट्रेलियाको मेलबर्नमा खिचिएको हो । विषालु खैरो सर्प एउटा माकुराको जालोमा फस्यो । यसलाई देखे फोटोग्राफर नील पोस्लेदवेटले खिचेका हुन् । उनका अनुसार जब सर्प जालमा फस्यो त्यसपछि माकुरो उसको पुच्छरतिर आएर टोक्न थाल्यो । दुई तीन पटक टोकेपछि सर्प हल न चलको अवस्थामा पुग्यो । यसपछि उनले सर्प मरेको हो कि भन्ने ठानेर त्यसलाई परीक्षण गर्न एउटा सानो लठ्ठीले चलाए । सर्प ज्यूँदै थियो । फोटोग्राफरले उसलाई माकुराको जालोबाट छुटाउन त छुटाए तर यसको तीन घण्टापछि नै सर्पको ज्यान गयो । अब हेरौं त कति विषालु रहेछ त्यो माकुरो जसले विषालु सर्पलाई पनि मार्न सक्यो ।