मोबाइल घर, अर्थात् गुडाएर लैजान मिल्ने घरको मूल्य २० हजार डलर

अमेरिकाको ईन्डियाना प्रान्तस्थित टेरीहटमा बसोबास गर्ने कोरी काँक्स आफ्नी श्रीमती र दुई सन्तानका साथ १ सय ६० स्क्वाएर फिटमा बनेको यो घरमा सर्दैछन् । २० हजार डलर मूल्य पर्ने यो घरमा डेडरुम, बाथरुम, लिभिंग रुम र किचेन पनि छ । किचेनमा माईक्रोवेभ पनि फिट हुनेछ । उनका अनुसार श्रीमती एमिलियाले जब यस्तो घरको विषयमा बताएकी थिइन् तब उनले पत्याएनन् । यसमा बस्नु फाईदाजनक छ । र, कतै लैजानुपरेको अवस्थामा पनि सजिलै गुडाएर लान सकिन्छ । पक्की घरमा बस्नुभन्दा यस्तो घरमा बस्दा कम खर्च हुने अनुमान उनीहरुको छ । यस किसिमका मोबाइल घरमा अहिले अमेरिकी परिवारहरु आकर्षित बन्न थालेका छन् ।