श्री ५ अम्बरे चलचित्र सिड्नीका दर्शकहरुको माया पाउन सफल


कलाकार सौगात मल्लले अभिनयबाट सिड्नीका दर्शकहरुको माया बटुल्न सफल भएका छन् । चलचित्र श्री ५ अम्बरेमा उनले गरेको जीवन्त अभिनयको धेरैले प्रशंसा गरेका छन् । यस्तै केकी अधिकारीको प्रस्तुतिलाई पनि धेरैले रुचाएका छन्। एक महिला निर्देशक दिपा बस्नेतको निर्देशन रहेको चलचित्रमा नारी संवेदनालाई उठाइएको छ। सडकमा पुगेका बालबालिकाहरुका नाममा हुने धन्दा, उनीहरुको विगत, वर्तमान र भविष्य तीनवटै चलचत्रिमा देखाउन खोजिएका छ। के हाम्रो समाजले सडकका बालबालिकालाई स्थापित हुन दिन्छ त ? उनीहरुलाई सामान्य जीवन बाँच्ने अवस्था सिर्जना गर्छ त ? यस्तै प्रश्नको उत्तर खोज्दाखोज्दै चलचित्र अन्त्य हुन्छ। र, एउटा बेजोड सन्देश यसले दिन्छ। चलचित्रको प्रदर्शनपछि प्रतिक्रिया दिएका सबै दर्शकहरुले यथार्थपरक चलचित्र भएको बताए । चलचित्र भन्दैमा आकास र पाताल जोड्ने कुरा राख्ने प्रवृत्तिविरुद्ध यथार्थ कथावस्तु ल्याएको भन्दै उनीहरुले खुशी व्यक्त गरेका हुन् । चलचित्र हेर्न सिभिक थियटरमा पुगेकामध्ये केहीको भनाई जस्ताको तस्तै हेर्नुहोस्

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]