यस्तो भयो नेपाली युथ फोरमको धन्यवाद ज्ञापन बार्बिक्यू, ६ श्रष्टाको सम्मान


IMG_7910नेपाली युथ फोरम अष्ट्रेलियाले आयोजना गरेको शुभकामना साँझमा सहयोग गर्ने व्यक्तिहरुको सम्मानमा धन्यवाद ज्ञापन बार्बिक्यू सम्पन्न गरेको छ । एसफिल्ड पार्कमा आयोजना गरिएको कार्यक्रममा गत जनवरी 10  तारिखका दिन सिड्नीमा आयोजना गरिएको शुभकामना साँझमा गीत, संगीतको माध्यमबाट समूदायको सेवा गर्नुहुने गायक ईश्वर पोखरेल, आशिष श्रेष्ठ, समिर आचार्य,भुपेन्द्र चुडाल, नृत्यंगना उषा बारिया, र भीमसेन गुरुंगलाई सम्मान समेत गरियो । यस्तै शुभकामना सँझमा सहभागी अन्य कलाकारहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कुनैपनि मनोरञ्जनात्मक कार्यक्रम भन्ने बित्तिकै नेपालबाटै कलाकार ल्याउनुपर्छ भन्ने मान्यतालाई गलत सावित गर्दै यहीँ अष्ट्रेलियामा उपलब्ध कलाकारले पनि दर्शकलाई भरपूर सन्तुष्टि दिन सक्दछन् भन्ने कुरा यस शुभकामना साँझबाट प्रमाणित भएको भन्दै नेपाली युथफोरम अष्ट्रेलियाका अध्यक्ष भरत देवकोटाले कलाकारलाई सित्तैमा काम गराउने प्रवृत्ति अन्त्यका निम्ति पनि आपूmहरुले प्रयत्न थालेको बताउनुभयो । गायक ईश्वर पोखरेलले राम्रो सुरुवात गरेकोमा धन्यवाद दिनुभएको थियो। नेपाली समूदायका अग्रजहरु उपस्थित कार्यक्रममा एनआरएन सचिव रञ्जु वाग्ले, एनआरएनका ओसियाना क्षेत्रीय संयोजक विष्णु हमाल, एनआरएन केन्द्रीय सल्लाहकार श्री नापित एवं एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली, उपाध्यक्ष हरि राम्जाली, सचिव भरत पोखरेल लगायतले गायक, कलाकार, रक्तदाता, प्रायोजकलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमका थप फोटोका लागि हाम्रो फेसबुक पेज हेर्नुहोला।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]