भारतीय सदाबहार गायिका उषा उत्थुपको कन्सर्ट अप्रिल २५ मा, टिकट बिक्री सुरु

विगत ४० वर्षदेखि भारतीय संगीत क्षेत्रमा रही सैयौं सफल गीत दिन सफल पद्म श्री पुरस्कारबाट विभूषित उषा उत्थुपले सिड्नीमा आगामी अप्रिल २५ मा कन्सर्ट गर्ने भएकी छिन् । करिब ३ हजारभन्दा बढी दर्शक क्षमता रहेको लिभरपुलस्थित ह्वाईटल्याम लिजर सेन्टरमा गरिनेछ । साँझ ७ बजेबाट सुरु हुने कन्सर्टका विषयमा जानकारी गराउन एक पत्रकार सम्मेलन हालै आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सुर ईभेन्टस्, चोपडा प्रोडक्सन्स, स्वर्ग ईभेन्टस र भिनआर्ट ईन्भेष्टमेन्टले संयुक्त रुपमा आयोजना गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै सुर इृभेन्टसका सुमन साहले धेरैभन्दा धेरै दर्शकहरुलाई सस्तो दरमा टिकट दिने व्यवस्था गरिएको बताउनुभयो । यस्तै स्वर्ग ईभेन्टस्का निरभ रस्तोगीले उषा उत्थुपले पनि सिड्नीमा कन्सर्ट गर्न उत्साह व्यक्त गर्नुभएको बताउनुभयो । कार्यक्रममा उषा उत्थुपको भिडियो सन्देश प्रशारण गरिएको थियो । यसैगरी चोपडा प्रोडक्सन्सका तर्फबाट मञ्जित चोपडाले बोल्दै भीभीआईपी र मिट एण्ड ग्रिटको टिकट मात्र १ सय २९ डलर तोकिएको र यी टिकट मात्र २ सय हुने जानकारी दिनुभयो । कन्सर्टको ६८ प्रतिशत टिकट ४९ डलरभन्दा कम मूल्यका रहेको बताउनुभयो । टिकट www.drytickets.com.au मा गएर बुक गर्न सकिनेछ ।