विदेशिएका नेपालीको नागरिकता निरन्तरताका विषयमा गहन छलफल, सिड्नीमा देखियो तर्कवितर्क


IMG_7214नेपाल वाहिर बस्ने नेपालीहरूलाई दोहोरो नागरिकता दिनुपर्छ या पर्दैन भन्ने विषयमा अष्ट्रेलियाको सिड्नीमा अन्तरक्रिया सम्पन्न भएको छ । संघीय समाज अष्ट्रेलियाको आयोजनामा भएको कार्यक्रममा विभिन्न वक्ताहरुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । विदेशी नागरिकता लिइसकेका नेपालीलाई नेपालको नागरिकतामा निरन्तरता दिइनुपर्छ या पर्दैन भन्ने विषयमा कार्यक्रममा बहस गरिएको हो । कार्यक्रमको निष्कर्षका रुपमा नेपाल बाहिर रहेका नेपालीलाई केही निश्चित सर्तहरुको अधिनमा रही नेपाली नागरिकताको निरन्तरताको निम्ति कदम चाल्नुपर्ने बताइएको थियो । कार्यक्रममा विद्यावारिधिको निम्ति अष्ट्रेलिया आउनुभएकी लक्ष्मी तमाङ्गले नागरिकताको निरन्तरताका विषयमा कार्यपत्र प्रस्तुत गर्दै, कसैको स्वार्थका लागि, व्यक्तिगत सुविधाका लागि नागरिकताको निरन्तरता भन्दा पनि देशको सुरक्षा, विदेश नीति र समग्रमा देशकै हितमा उनीहरुले गर्नसक्ने योगदानको लेखाजोखाबाट मात्रै नागरिकताको निरन्तरता दिन सकिने बताउनुभएको थियो। उहाँले अहिले पनि देशको निम्ति विशिष्ठ योगदान दिने विदेशीहरुलाई अंगीकृत नागरिकता दिन सकिने भन्दै आफ्नो सुख, सुविधाको निम्ति विदेशिएकाहरुालई स्वतस् दोहोरो नागरिकता दिने प्रावधान कहीँपनि नभएको तर्क गर्नुभएको थियो । जपान जस्तो देशले किन दोहोरो नागरिकतालाई मान्यता दिएको छैन ? यो प्रश्न गर्नुपर्ने विषय हो । र, हामी त अझ दुई ठूला देशको बीचमा छौं, उहाँको तर्क थियो । इन्जिनियर डा ज्ञानेन्द्र रेग्मीले विभिन्न देशले दोहोरो नागरिकतालाई मान्यता दिएको भन्दै नेपाल सरकारले समेत अबको संविधानमा नै गैरआवासीय नेपालीलाई समेट्ने कार्यक्रम ल्याइरहेको बेला यस्तो तर्क गर्नु र विरोध हुनु राम्रो नभएको बताउनुभयो। यस्तै सञ्चारकर्मी भीमसेन सापकोटाले राजनीतिक , उच्च पदमा बहाली तथा मतदान अधिकार बिषयमा निश्चित प्रवधान तोकेर दोहोरो नागरिकता दिँदा देशलाई घाटा नहुने बताउनुभयो। यस्तै नेपाली आदिवासि जनजाति मन्च निन्फा का अध्यक्ष चित्र तुम्बाहाम्फे ले दोहोरो नागरिकता को माग जायज नभएको भन्दै एन आर एन ले आवश्यक विश्लेषणनै नगरि यो एजेण्डा ल्याएको र दोहोरो नागरिकता देशका लागि हानीकारक हुने बताउनुभयो। नेपाली काँग्रेसको भ्रातृ संगठन जनसम्पर्क मञ्च अष्ट्रेलियाका आङ छिरिङ्ग शेर्पाले आफ्ना सन्ततीलाई विदेशजान वाध्य पार्ने र फर्केर आफ्नै घरको सेवा गर्छु भन्दा उल्टो अंश नदिने भन्नु सरासर गलत भए जस्तै दोहोरो नागरिकता सबै नेपालीको अधिकार भएको बताउनुभयो। एमाले निकट प्रवासी नेपाली मञ्चका उपाध्यक्ष सन्तोष दाहाल, एमाओवादी निकट जनप्रगतिशिल मन्चका हिमालाल गैरे, नेपाली संघीय समाज अस्ट्रेलियाका अध्यक्ष गणेश तमाङ, लगायतले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम नोपली समूदायका अगुवा डा नारायण प्रधानको सभापतित्वमा सम्पन्न भएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]