श्री ५ अम्बरे फेब्रुअरी १५ तारिखमा सिभिक थियटर हर्सभिलमा प्रदर्शन गरिँदै


ambareफेबूअरी १५ मा श्री ५ अम्बरेको नयाँ शो सिभिक थियटर हर्सभिलमा हुने भएको छ। नेपाली कार्यक्रमहरुको निम्ति आकर्षक गन्तव्य बनेको सिभिक थियटरले नयाँ साउण्ड सिष्टम र अत्याधुनिक प्रोजेक्टर परिवर्तन गरेपछि अहिले फेरि नेपाली चलचित्रहरु त्यहाँ प्रदर्शन हुन थालेका छन्। यसको सुरुवात भने श्री ५ अम्बरेले गरेको हो। यस चलचित्रमा सडक बालबालिकाको कथावस्तु समेटिएको भएपनि प्रियंका कार्कीको हट आईटम नम्बर र यमबुद्धको चर्चित र्याप गीत पनि समावेश गरिएको छ । पछिल्लो समय चलचित्रको नाममा डकुमेन्ट्री बनाउने क्रमलाई यसले तोडेको छ किनकि यसको निर्देशक एक महिला हुन् र उत्कृष्ट निर्देशकको पुरस्कार समेत पाइसकेकी दीपा बस्नेतले निर्देशन गरेकी छिन् । चलचित्रको मुख्य कलाकारमा सौगात मल्ल र केकी अधिकारी छन् । सौगातले अहिलेसम्मकै आफ्नो फरक भूमिका यसमा देख्न पाइने बताएका छन् । केकी अधिकारीले नारी सशक्तिकरण र नारीको पीर मर्का अर्को नारीले नै बुझ्न सक्ने भन्दै यसमा नारी निर्देशक भएकोले अझ बढी नारी संवेदनालाई समेट्न सकिएको बताइन् । सिभिक थियटरमा साँझ ६ बजे प्रदर्शन गरिने चलचित्रलाई अष्ट्रेलियाका अन्य शहरमा समेत प्रदर्शन गर्ने तयारी भइरहेको प्रस्तोता कम्पनी डायनामिक मिडियाका राम रुवालीले जानकारी दिएका छन् । यसैगरी प्रस्तोतामध्येकै एक ममता तिवारीले भनिन्, चलचित्र राम्रो छ । विषयवस्तुका हिसाबले हामीले अध्ययन अनुसन्धान नै गर्नुपर्ने विषय यसमा छ । वास्तवमा छुटाउनै नहुने यो चलचित्र हेर्न दर्शकहरुले जुन उत्साह देखाउनुभएको छ त्यसले हामीलाई पनि हौसला मिलेको छ । देशमा राजतन्त्र हराइसक्यो । तर, अहिले पनि धनी मानिसलाई राजा नै हो कि क्या हो भन्ने गर्छन् मानिसहरु । सडक बालकले धनी बन्ने सपना देख्दा के के गर्न पुग्छ र त्यसबाट हार खाएपछि सामान्य जीवन बाँच्छु भन्दा कसरी उसको अर्को पुस्ता पनि सडकमै आइपुग्छ भन्ने मार्मिक विषयवस्तु यसमा छ । साथै, भरपूर मनोरञ्जन पनि ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]