जंगली व्यवहार भएको गृहमन्त्री गौतमको भनाई, अझै सहमति खोज्ने एमाओवादीको दाबी


;+ljwfg;efsf] d+unaf/ laxfg sl/a )!M)) ah] ePsf] a}7sdf ljkIfL bसंविधानसभा भवन नयाँ बानेश्वरमा एकीकृत नेकपा(माओवादी)लगायत दलले देखाएको व्यवहारलाई उपप्रधानमन्त्री वामदेव गौतमले जङ्गलीको संज्ञा दिनुभएको छ । संविधासभा बैठक अवरुद्ध भएपछि सञ्चारकर्मीलाई प्रक्रिया दिँदै उहाँले संविधानसभा भवनभित्र भएको ‘अराजक व्यवहार’ इतिहासकै महान भूल भएको र त्यसमा संलग्नहरू जङ्गली भएको बताउनुभयो । परिवर्तनका नाममा १५ हजारभन्दा बढी नागरिकको बलिदान गरेको बताउने पक्षबाट त्यस खालको व्यवहार प्रदर्शन हुनु कुनै पनि हालतमा ग्राह्य विषय नभएको उहाँको भनाइ थियो । सङ्घीयताकै नाममा जनतालाई अधिकार दिन नचाहने र त्यसलाई खण्डित गर्ने ध्येयका साथ त्यस खालको व्यवहार संविधानसभा भवनभित्र प्रदर्शन भएको गृहमन्त्री गौतमको कथन थियो । नेकपा(एमाले)का उपाध्यक्ष गौतमले आफूहरू जस्तालै तस्तै गर्ने पक्षमा नभएको र मिलेरै संविधान जारी गर्न प्रतिबद्ध रहेकोसमेत बताउनुभयो । नेपाली काँग्रेसका सभासद् गगनकुमार थापाले राजनीतिक राजनीतिक विषय विवाद र बहस हुनु सामान्य भए पनि तोडफोडमा उत्र्नु भने गलत भएको प्रतिक्रिया दिनुभयो । उहाँले जनआन्दोलनका भावनाअनुसार सहमतिकै आधारमा संविधान निर्माण प्रक्रिया अझै पनि अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । “विवाद हुनसक्छ, त्यसको उचित निरुपण गरिनुपर्छ, काँग्रेस त्यसका लागि प्रतिबद्ध छ तर भौतिक हमला र आक्रमणको विषय भने क्षम्य हुनु सक्दैन”–थापाले भन्नुभयो ।
एकीकृत नेकपा(माओवादी)का प्रमुख सचेतक गिरिराजमणि पोखरेलले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभाध्यक्ष सुवास नेम्वाङलाई जबर्जस्ती प्रक्रियामा नलैजान आग्रह गरिए पनि उहाँले अस्वीकार गरेका कारण दुःखद घटना भएको प्रतिक्रिया दिनुभयो । उहाँले संविधानसभाभित्र बहुमत र अल्पमत नहुने सर्वमान्य सिद्धान्तलाई लत्याउन खोज्दा अकल्पनीय स्थिति उत्पन्न भएको स्पष्टीकरण दिनुभयो । आफूहरू अझै पनि सहमतिकै आधारमा संविधान निर्माण प्रक्रिया अघि बढोस् भन्ने पक्षमा रहेको प्रमुख सचेतक पोखरेलको भनाइ थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?