एमाओवादी नेतृत्वको विपक्षी मोर्चाको सिठ्ठी दौड, यथास्थितिबादी र परिवर्तनकारीबीच ध्रुविकरण भएको श्रेष्ठको भनाई


विभिन्न राजनीतिक दल सम्मिलित संयुक्त जनआन्दोलन परिचालन समितिले आज साँझ सिठ्ठी दौडको आयोजना गरेको छ । एकीकृत नेकपा ९माओवादी०, नेकपा–माओवादी, सङ्घीय समाजवादी पार्टी, विभिन्न मधेसवादी दलहरु, नेपाः राष्ट्रिय पार्टीलगायत ३६ दल सम्मिलित संयुक्त जनआन्दोलन समितिद्वारा सिठ्ठी दौडको आयोजना गरिएको हो । शान्तिवाटिकाबाट सुरु भएको उक्त Rss_Images_1421584996229_Pro_Ktm_ Birodh Rallly_Sitthi julush  (2) रत्नपार्क, बागबजार, पुतलीसडक, भृकुटीमण्डप, भद्रकाली, सुन्धारा, न्यूरोड, जुद्ध सालिक, इन्द्रचोक, असन, भोटाहिटी हुँदै पुनं शान्तिवाटीकामा समापन गरिएको थियो । दौड समापन गर्दै सङ्घीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले वर्तमान राजनीतिक सङ्घर्षका मुख्य केन्द्रविन्दु राज्यको पुनरसंरचना भएको उल्लेख गर्दै यथास्थितिवादी र परिवर्तनकारी पहिचान पक्षधरबीच ध्रुवीकरण भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?