सकारात्मक संकेत, सत्तारुढ दल सहमतिका लागि तयार भए लचक हुने आन्दोलनरत विपक्षी मोर्चाको निर्णय


???????????????????????????????सत्तारुढ दल लचकताका साथ प्रस्तुत भए राज्य पुनः संरचनाको सवालमा हदैसम्म लचक रहने सक्ने सङ्केत एमाओवादी नेतृत्वको सङ्घीय लोकतान्त्रिक मोर्चाले गरेको छ । मोर्चाको सिंहदरबारमा बसेको बैठकले विगतमा आफूहरुले राख्दै आएको अडानबाट केही पछि हटेर भएपनि सहमतिको लागि प्रयत्न गर्ने निष्कर्ष निकालेको हो । साझा पहिचानका आधारमा अगाडि बढ्न नेपाली काँग्रेस र नेकपा९एमाले० तयार भए दुई प्रदेशलाई एउटा प्रदेश पनि बनाउन सकिने र नाम राख्दा भने ध्यान दिनुपर्नेमा जोड दिएको छ । लिम्बुवान, खुम्बुवानलाई मिलाएर एउटै प्रदेश, ताम्सालिङ र नेवाः प्रदेशलाई मिलाएर राजधानी प्रदेश वा त्यस्तै साझा नाम दिन सकिनेसमेत मोर्चाले निष्कर्ष निकालेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभयो । पछिल्लो दिनमा सहमतिका लागि सत्तारुढ दल पनि लचकरुपमा प्रस्तुत भएको भन्दै सबैको भावना र मतलाई सुरक्षित गर्न तयार भए आफूहरु पनि सहमतिका लागि तयार रहने निष्कर्ष मोर्चाको छ । बैठकमा एमाओवादी अध्यक्ष एवम् मोर्चाका संयोजक पुष्पकमल दाहालले विगतको सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्न सत्तारुढ दल सहमत भए आफूहरु पनि लचकताका साथ प्रस्तुत हुनुपर्ने धारणा राख्नुभएको थरुहट तराई पार्टीका सभासद् गोपाल दहितले जानकारी दिनुभयो । मोर्चाको बैठक सोमबार पुनः बस्नेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?